Erani Mahal
पाल्पा प्रहरीद्वारा दशैकाे अवसरमा चालक शिक्षा तथा सम्मान
71068120_383508252600544_4850331186125340672_o

पाल्पा– जिल्ला प्रहरी कार्यालय पाल्पाले चालक शिक्षा तथा सम्मान कार्यक्रम गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय, पाल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको सयुक्त आयोजनामा 'सडक सभ्यता हाम्रो चाहाना, सुरक्षित यात्राको सबैमा शुभकामना' कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पाल्पाको निमित्त प्रमुख जिल्ला अधिकारी रमा श्रेष्ठले दुर्घटना न्यूनिकरणमा चालकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले ट्राफिक नियम पालना र चालकको सावधानी भएमा धेरै दुर्घटनाबाट बच्न सकिने बताउनुभयो । उहाँले आउँदै गरेको चाडपर्वमा समेत धेरै यात्रु बोक्ने र धेरै भाडा असुल गर्नेलाई प्रहरी प्रशासनले नियमअनुसार कारवाही गर्ने बताउनुभयो ।

यस्तै प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद सापकोटाले राम्रो सवारी चलाउने चालक र ट्राफिक नियम पालना गर्नेलाई सबैले सहयोग र सम्मान गर्ने बताउनुभयो । उहाँले चालकलाए सडक सभ्यता र सुरक्षित यात्राको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

दशैंको अवसमा शुभकामना सहित गरिएको कार्यक्रममा पत्रकार, बुद्धीजिवी, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधीहरु समेतको उपस्थितीमा सार्वजनिक सवारी साधनहरुका चालकहरुलाई फूलको माला, टिका र खादा लगाई बिजया दशमी, शुभ दिपावली र छठ पर्व २०७६ को शुभकामना दिनुका साथै सवारी चलाउदा अपनाउनु पर्ने सावधानी मा.प.से गरी सवारी साधनहरु नचलाउने, यात्रुहरु संग असल व्यवहार गर्ने, तिब्र गतिमा सवारी साधन नचलाउने,सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, लामो दुरीका सवारीमा दुई जना चालक राख्ने सवारी दुर्घटना न्यूनिकरण गर्न सहयोग गर्ने तथा ट्राफिक नियम सम्बन्धि जानकारी गराईएको पर्चा पम्पलेट समेत बितरण गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update