X

मगर संघ पाल्पाको १३ औं जिल्ला अधिवेशन, अध्यक्षमा घर्ती

रानीमहल संवाददाता || १२ आश्विन २०७६,आईतवार १९:११

नेपाल मगर संघ जिल्ला समन्वय समिति पाल्पाको १३ औं जिल्ला अधिवेशन तानसेनमा सम्पन्न भएको छ । अधिवेशनले तेजबहादुर घर्तीको अध्यक्षतामा नयाँ समितिको सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा शान्ति झेंडी, सचिव नरेन्द्र सिंजाली, सह सचिव पुष्पादेवी थापा, कोषाध्यक्ष सावित्रा राना रहनु भएको छ ।


यस्तै २ जना पछि मनोनित गर्ने गरी बनेको १८ सदस्यीय कार्यसमितिका सदस्यहरुमा फुलमाया गाहा, पदमबहादुर थापा, रामबहादुर राना, खेमबहादुर हिस्की, सावित्रा राना, उर्मिला कुँवर, मिनबहादुर रास्कोटी, नरीसरा गाहा, टेकबहादुर राना, अमित रास्कोटी र उमाबलाल रहनु भएको निर्वाचन मण्डलका अध्यक्ष गमबहादुर थापाले रानीमहलाई जानकारी दिनुभयो । सबै सदस्यहरुमा सर्वसम्मत रुपमा नै चयन भएको निर्वाचन अधिकृत केहर सिंह रानाले बताउनुभयो ।


कार्यक्रको उद्घाटन सत्रमा विभिन्न व्यक्तिहरुले शुभकामना दिदैं अबको नेतृत्वले चुस्त र दुरुस्त भएर मगरहरुको हक अधिकारमा लाग्नुपर्ने बताउनुभएको थियो । नव निर्वाचित अध्यक्ष घर्तीले रानीमहलसँगको कुराकानीमा आफूले सबैको सल्लाह र सुझाव अनुसार संघलाई अगाडि बढाउने बताउनुभयो । उहाँले अग्रजहरुले दिएको जिम्मेवारी आफ्नो टिमले कुशलतापूर्व निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys