Erani Mahal
बगनासकाली साहित्य परिषदद्वारा ‘अछुत’ कृति विमर्शसँगै दशैं शुभकामना अादान प्रदान
1

पाल्पा – बगनासकाली साहित्य परिषद्ले शनिबार तानसेनमा गणेश नेपालीद्वारा लिखित लघुकथा संग्रह ‘अछुत’ कृतिको विमर्श तथा दशैं शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कृतिको साहित्यकार डा. शंकरप्रसाद गैरेले लघुकथाको संरचनामा आधारित कृतिले सिमान्तकृत वर्गलाई अगाडि बढाउन पर्छ भन्ने मान्यतालाई सम्बोधन गरेको र सवाल्टर्न (सीमान्तकृत लेखन) को झलक दिएको बताउनुभयो ।

उहाँले ग्रामिण भेगका विषयवस्तु समेटिएका ४० वटा लघुकथाले सरल, कलात्मक शैलीमा ग्रामिण जनजीविका, द्वन्द्वकालको अभिघात मनोविज्ञान, साहित्यमा देखिएको विकृति, लैंगिक विभेद, कुसंस्कारले बिग्रिएका सन्तानको दुर्दशा, राजनीतिक चरित्र, जातिय विभेद, व्यक्तिमा चेतनाको अभावका कारण उत्पन्न हुने समस्या, धर्मपरिवर्तन लगायतका विषय समेटेको बताउनुभयो ।


कृतिका लेखक गणेश नेपालीले सामाजिक विभेद र निजी भोगाइका आधारमा २०५१ सालदेखि २०७५ सालसम्म रचना गरिएका छोटाकथाहरूलाई समेटेर कृतिको रूपमा सार्वजनिक गरेको बताउनुभयो । परिषद्का सल्लाहकार पुष्कर अथक रेग्मीले नेपालीको कृति नेपाली साहित्यको प्रवद्र्धनमा टेवा पु¥याउने र जातीय तथा सामाजिक विभेदको विरुद्धमा सशक्त रुपमा जागरण पैदा गर्ने बताउनुभयो । उहाँले नेपालीद्वारा सिर्जिन लघुकथामा भाषिक सरलता र सामाजिक यथार्थ झल्किएको जनाए । यस्तै कार्यक्रमका अध्यक्ष एवम परिषद्का संरक्षक राजेन्द्रगोपाल सिंहले नेपालीको कृतिले जातिय विभेद अन्त्य गर्न र सामाजिक विभेद विरुद्ध जागरण ल्याउन सहयोग गर्ने भन्दै लेखन जनजीवनसँग जोडिनुपर्नेमा जोड दिनुभयो ।


विमर्श पछिको दशैं शुभकामना कार्यक्रममा धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पौडेल, सचिव टंक पन्थ, रेडक्रस पाल्पाका सभापति बुद्धिप्रसाद शर्मा, वाङ्मय प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपालप्रसाद बस्याल, पाल्पा साहित्य समाजका सचिव महेन्द्र पन्थी, प्रगतिशिल लेखक संघका अध्यक्ष रामप्रसाद अर्याल, नारी उन्नयन तथा विकास प्रतिष्ठान पाल्पाकी अध्यक्ष लक्षिमा ज्ञवाली, लुम्बिनी वाङ्मय प्रज्ञा प्रतिष्ठानका अध्यक्ष शालिकराम पौडेल, सचिव कृष्णा भण्डारी, भगवती गुठीका अध्यक्ष राजेश्वर उदय, साहित्यकार एवम् नेपाल बैंक पाल्पा शाखा प्रमुख सुरज घिमिरे ‘दीपशिखा’, स्वतन्त्र पत्रकार संघकी केन्द्रीय उपाध्यक्ष अम्बिका पाण्डे, परिषद्का सचिव ज्ञानु न्यौपाने, कार्यसमिति सदस्य कमल भट्टराई, नव जनचेतना दैनिकका पत्रकार रामचन्द्र रायमाझी, न्यूज ट्वान्टी फोरका संवाददाता सुमन कार्की, साहित्यकार रुक्माङ्गत शर्मा, आयाम कार्की, तेजनारायण ढकाल, सुशील बस्याल लगायतले सिर्जना वाचनसहित शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम परिषद्का सह सचिव शारदा पाण्डेको स्वागत मन्तव्य र अध्यक्ष भोजराज भट्टराईको सञ्चालनमा चलेको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update