Erani Mahal
तानसेनकाे हाेलाङ्दीमा बस र जीप ठाेक्किदा ८ जना घाइते
road-accident-chitawan_20180808022603

पाल्पा – तानसेनको होलाङ्दी नजिकै जीप र बस आपसमा ठोक्किदा ८ जना घाइते भएका छन् । तानसेनबाट बुटवल जाँदै गरेको लु १ ख ६०६१ नम्बरको बस र विपरीत दिशा बर्तुङ्बाट तानसेनतर्फ आइरहेको लु १ ज २३६३ नम्बरको जीप आइतबार बेलुकी आपसमा ठोक्किएको हो ।


बस र जीप ठोक्किदा बगनासकाली–८, बराङ्दीका ५६ वर्षकी तुल्सा घर्ती गम्भीर घाइते हुनुभएको छ । यस्तै सोही स्थान बस्ने ३० वर्षकी गंगा घर्ती, रम्भा गाउँपालिका–१, बस्ने ३० वर्षकी गीता जिटी, रम्भा बस्ने ८ वर्षका चौटाल जिटी, ४ वर्षकी समिक्षा जिटी र ३० वर्षका जीतबहादुर जिटी घाइते हुनुभएको छ ।

प्रतिनिधि तस्विर : गुगल ।

उनीहरुको अहिले लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । घाइतेमध्ये तुल्सा घर्तीको बाहेक अन्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यस्तै दुर्घटनामा परी भारत स्थाई घर भई हाल तानसेन ६ बस्ने २६ वर्षकी सुदा साहनी र रिब्दीकोट गाउँपालिका१, बस्ने ३६ वर्षका जीप चालक माधव पाण्डे समेत घाइते हुनुभएको छ । दुबै जनाको तानसेन युनाइटेड मिसन अस्पतालमा उपचार भईरहेको छ । दुबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।


दुर्घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update