Erani Mahal
पाल्पामा स्क्रब टाइफसका बिरामी कति छन् ? (नपा/गापा अनुसार)
typhus-scrub-thmnail-

पाल्पा – भाइरज ज्वरोको प्रकोपसँगै पाल्पा जिल्लामा स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा बृद्धि भएको छ । पाल्पामा साउन र भदौँ महिनाभित्रै भाइरल ज्वरोबाट प्रभावित ९४ जना बिरामीमा स्क्रब टाइफसको लक्षण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।


डेंगुभन्दा ३० गुणा बढी मृत्युदर भएको स्क्रब टाइफसका बिरामी पाल्पा दिनप्रतिदिन बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाको भनाई छ । गत वर्ष पाल्पामा स्क्रब टाइफसबाट बिरामी भएका चार जनाको मृत्यु भएको थियो । पाल्पाको लुम्विनी मेडिकल कलेज प्रभास, मिसन अस्पताल र पाल्पा अस्पतालमा पाल्पाका विभिन्न स्थानबाट उपचारका लागि आएका ९४ जना बिरामीमा स्क्रब टाइफसका जीवाणु भेटिएको हो ।


पाल्पाका १० वटै स्थानीय तहमा स्क्रब टाइफसका बिरामी भेटिएका छन् स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले भन्नुभयो । पाल्पाका तीन वटा अस्पतालमा गुल्मी, अर्घाखाँची, स्याङ्जा, नवलपरासी लगायतका जिल्लाबाट आएका एक सय १० जना बिरामीमा स्क्रब टाइफसको लक्षण देखिएकोे न्यौपानेले बताउनुभयो । उहाँका अनुसार मृत्यु भने अहिलेसम्म कसैको भएको छैन ।


स्थानीय तह अनुसार स्क्रब टाइफसका बिरामी कति छन् ?

- तानसेन नगरपालिकामा १९ जना,
- बगनासकाली गाउँपालिकामा १९ जना
- रैनादेवी छहरा गाउँपालिका १२ जना
- रिब्दीकोट गाउँपालिका १० जना
- माथागढी गाउँपालिकाका ७ जना
- रम्भा गाउँपालिकामा ३ जना
- रामपुर नगरपालिकामा ४ जना

-तिनाउ गाउँपालिका ३ जना
ठेगाना नखुलेका अन्य १३ जना

स्क्रब टाइफसबाट जोगिन खेतवारीमा काम गर्दा, वनजङ्गल/झाडीमा जाँदा वा घाँस काट्न जाँदा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भए बुट लगाउनुपर्ने तानसेन नगरपालिकाका स्वास्थ्य संयोजक सिर बहादुरानाले बताउनुभयो । केही वर्ष अगाडीसम्म स्क्रब टाइफस धेरै जसो पहाडी र दुर्गम स्थानहरूमा मात्रै देखिदै आहेकोमा हाल शहरी क्षेत्रमा पनि देखिदै आएको उहाँले बताउनुभयो ।

बच्ने उपायहरू के-के हुन् ?

- खेतवारीमा काम गर्दा, वनजङ्गल/झाडीमा जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने
- घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने ।
- सम्भव भए सम्म भुइमा नभइ खाटमा वा अग्लो स्थानमा सुत्ने÷बस्ने ।
- सकेसम्म घाँसवारी र चउरमा नबस्ने, चउर र खेतवारीमा झाडी, घाँस तथा घुरान बढी हुन नदिने तथा माइटको वृद्वि रोक्नको लागि किटनासक विषादीहरु छर्कने ।
- मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, घर वरिपरि झाडी हुन नदिने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्ने ।

प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update