Erani Mahal
पूर्वखाेलाकाे जल्पा पूर्ण संस्थागत सुत्केरी वडा घाेषित
71524969_553430685404910_4214850505068773376_n

पाल्पा - पूर्वखाेला गाउँपालिका वडा न २ जल्पालाइ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । स्वास्थ शाखा पूर्वखोलाले घर घरमा, असुरक्षित र जोखिम पूर्ण तरिकाले सुत्केरी हुने, बच्चा र आमाको स्वास्थमा गम्भीर असर पर्ने अबस्थालाइ निरुत्साहित गर्ने उद्देश्यले गाउँपालिकालाइ नै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घाेषणा गर्न लागेकाे हाे ।

गाउँपालिकाले सुरक्षित तरिकाले भौकित,पूर्बाधार र द्क्ष जन्शक्तिको ब्यबस्थापन गर्दै वडाका संस्थागत सुत्केरी वडा घाेषणा गरिरहेकाे छ । आगामी दशैअघि नै सिलुवालाइ पनि संस्थागत सुत्केरी वडा घाेषणा गरिने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयाे ।

२०७५ चैत्र देखि सुत्केरी सेवा दिन थालेको जल्पा स्वास्थ चौकीमा जल्पाकै १३ जना र माथागढी गाउँपालिकाको ८ जना गरी ६ महिनामा २१ जना सुत्केरी भएकाे संस्थाका प्रमुख पदम दर्लामीले जानकारी दिनुभयाे ।

कार्यक्रममा ८६ जना भन्दा बढी सरोकारवालाहरु, गाउँपालिकाकी उपाध्यक्ष भागिरथी भट्टराई , स्वास्थ शाखा प्रमुख श्रीराज आचार्य, जिल्ला स्वास्थ कार्यलय पाल्पाका प्रमुख विश्व नाथ न्यौपाने, सुआहारा कार्यक्रमका दिनेश घिमिरे, स्वास्थ शाखा उपप्रमुख मोहन ढकाल लगायतले आअफ्नो भनाइ राख्नुभयो । अध्यक्ष नीर ब. सारुको अध्यक्षतामा चलेको कार्यक्रम, वडा सचिव पूर्ण चितौरेले सन्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update