Erani Mahal
शिद्धबावा दुर्घटनाका घाइतेहरू काे-काे हुन् ?
accdd

पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबावा नजिकै गुडिरहेको बसमा माथिबाट ढुङ्गा खस्दा पाँच जना घाइते भएका छन् । सिद्धबावाको हेडबक्स नजिकै शनिबार दिउँशो माथिबाट खसेको ढुङ्गाले सडकमा गुडिरहेको लु१ख ६१८० नम्बरको बसलाई लागेको हो ।


ढुङ्गाले लागेर बसमा सवार पाल्पा माथागढी–५, का २३ वर्षका सन्तोष चौहान, तिनाउ–५, कोलडाँडा पाल्पाका ५२ वर्षका टिकाराम भण्डारी, स्याङ्जा जिल्ला वालिङ् नगरपालिका–१४ बस्ने ३८ वर्षकी रोमादेवी डुम्रे घाइते हुनुभएको छ ।

यस्तै बसका चालक तिलोत्तमा नगरपालिका–४, बस्ने ३५ वर्षका कमल राउत र भारत नौतनवा बस्ने २६ वर्षकी श्रीमाया सहानु समेत घाइते हुनुभएको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक बालबहादुर घर्तीले जानकारी दिनुभयो ।


ढुङ्गाले लागेर घाइते हुनेहरूको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जनाएके छ । घाइतेहरूको अवस्था मध्यम रहेको बताइएको छ । उक्त बसमा २० जना सवार थिए । सवारी भने ठूलाे दुर्घटना हुनबाट बचेकाे छ । ढुंगाले लागेपछि यात्रुहरू भागाभाग भएका थिए ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०७६  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update