Erani Mahal
शिद्धबावामा गुडिरहेकाे बसमाथि ढुंगा खस्याे, पाँच जना घाइते (विवरण सहित)
1920915570Butwal_Palpa

पाल्पा – सिद्धार्थ राजमार्गकाे सिद्धबावा क्षेत्रमा गुडिरहेको बसमा माथिबाट ढुंगा खस्दा पाँच जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबावाको हेडबक्स माथिबाट खसेको ढुंगाले लाग्दा सडकमा गुडेको लु१ख ६१८० नम्बरको बसलाई लागेको हो । बस पाल्पादेखि बुटवल गइरहेकाे बेलामा माथिबाट ढुंगा खसेकाे हाे ।

ढुंगाले लागेर बसमा सवार चालक सहित पाँच जना घाइते भएका हुन् । उक्त बसमा २० जना सवार थिए । घाइतेहरुको उपचार अहिले बुटवलस्थित प्रादेशिक अञ्चल अस्पतालमा भईरहेको छ । घाइतेहरूकाे अवस्था मध्यम् र सामान्य रहेकाे दाेभान प्रहरी चाैकीका प्रमुख प्रहरी नायव निरीक्षक बालबहादुर घर्तीले जानकारी दिनुभयाे । थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ ।

शिद्धबावा क्षेत्रमा खसेकाे पहिराे हटाइरहेकाे डाेजर । फाइल तस्विर ।


घाइते हुनेहरुको नामावली यस प्रकार छ :–

प्रकाशित मिति: शनिबार, असोज ११, २०७६  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update