Erani Mahal
देवीनगर पूर्ण संस्थागत सुत्केरी वडा घाेषित
70975106_478885782956059_2982029951487705088_n

पाल्पा – पूर्वखोला गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्ने उद्देश्यले पूर्वखोलाको ४ नं. वडा देवीनगर संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । देवीनगर वडामा यस वर्ष ४२ जना सुत्केरी भएकोमा १४ जना देवीनगर बर्थिङ सेन्टरमा र ३६ जनालाई मिसन हस्पिटल लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको स्वास्थ्य चौकी प्रमुख निलकन्ठ न्यौपानेले जानकारी दिनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ५ का सांसद नारायणप्रसाद आचार्यले स्वास्थ्य जीवन हो, स्वास्थ व्यक्ति विना देशको विकास सम्भव नहुने विचार राख्नुभयो । उहाँले स्वस्थ नागरिकले मात्र देशका लागि केही योगदान गर्न सक्ने बताउनुभयो ।


कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले पहिलो वर्ष बर्थिङ् सेन्टर स्थापना गरिएको र यो वर्ष संस्थागत सुत्केरी गाउँपालिका बनाइने जानकारी दिनुभयो ।


पूर्वखोलाका छ वडामध्ये अहिलेसम्म चार वटा वडालाई संस्थागत सुत्केरी वडाको रुपमा घोषणा गरी सकिएको छ । गाउँपालिकाले आगामी मंसिरभित्र गाउँपालिका पूर्व संस्थागत सुत्केरी गाउँपालिका बन्ने गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले जानकारी दिनुभयो ।


कार्यक्रममा गैरसरकारी सस्था माहासङ् प्रदेश नम्बर ५ का अध्यक्ष देविलाल लामिछाने, पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराई, प्रवक्ता एवं वडा अध्यक्ष नीरबहादुर सारु, अर्का वडा अध्यक्ष मनबहादुर सारु, मातृभुमि माविका प्रअ मेहरमान थापा, वडा सदस्य मेहरसिङ थापा लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रम बलबहादुर थापाको सन्चालन, स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा देवीनगर वडाका वडा अध्यक्ष रिम प्रसाद क्षेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०७६  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update