Erani Mahal
पाल्पामा सुत्केरी महिला र बच्चा दुबैकाे ज्यान गयाे
mrityu

पाल्पा - तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा एक जना सुत्केरी महिला र बच्चाकाे ज्यान गएकाे छ । पाल्पा रम्भा गाँउपालिका-४, हुमिनकी २४ बर्षिया विपिन्द्रा सुर्यबंशी र उहाँकाे बच्चाकाे ज्यान गएको आफन्तले जनाएका छन् ।

बच्चाका लागि अप्रेसन गर्ने क्रममा आमा र बच्चा दुबैकाे ज्यान गएकाे सुत्केरीका छिमेकी बलराम सुर्यबंशीले बताउनुभयाे । तानसेन नगरपालिका–१, मा बसोबास गर्दै आएकी सुर्यवंशी असोज ७ गते नै अस्पतालमा सुत्केरीका लागी भर्ना हुनुभएको थियो ।

प्रतिनिधि तस्विर : गुगल ।

पेटमा मृत बच्चा रहेकाले जन्माउन समस्या हुने भन्दै अस्पतालले अपरेशन गरेको तर श्रीमतीकाे ज्यान गएकाे श्रीमान केशर सुर्यवंशीले बताउनुभयाे । अप्रेसन गरेकाे २ घण्टाभित्रै सुत्केरीकाे ज्यान गएकाे थियाे ।

तर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत एवं सूचना अधिकारी जीवन भट्टराइले सुत्केरीमा देखिएकाे (एक्क्लेन्सिया) का कारण मृत्यु भएकाे बताउनुभयाे । एक्क्लेन्सियाकाे कारणले बिरामीमा रक्तचाप अत्याधिक बढी र कम हुने, बिरामी काप्ने समस्या हुन्छ । त्यसका कारण मृतक सुर्यबंशीकाे फाेक्साेमा समस्या देखिदा बच्चा र आमा दुबैकाे मृत्यु भयाे । बच्चा मरेपछि आामलाइ बचाउन अप्रेसन भयाे, अप्रेसन सफल पनि भयाे तर एक्क्लेन्सियाकाे कारणले आमाकाे फाेक्साेमा समस्या देखियाे भट्टराइले भन्नुभयाे ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update