Erani Mahal
एचआईभी एड्स सम्बन्धी सचेतना कार्यक्रम
70677653_2381241168765093_8615599942171361280_n

पाल्पा - निस्दीको अर्चलेमा एचआईभी र एड्स सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका यूवाहरुलाई लाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको बताइएको छ।

युनाइटेड मिसन अस्पताल समुदाय स्वास्थ्य बिभाग तानसेन, पाल्पाको आयोजना र अर्चले स्वास्थ्य चौकीको समन्वयमा कार्यक्रम सन्चालन भएको हो। बुधबार र बिहीबार गरी २ दिन सन्चालन हुने कार्यक्रममा जम्मा २८ जना महिलाहरुको सहभागिता रहेको छ ।

सचेतना कार्यक्रम बिहीबार सम्म संचालन हुनेछ । तालिममा एचआईभी र एड्स बारे विभिन्न टोलमा रहेको आमा समूहका सदस्यहरुलाई जानकारी गराइएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update