Erani Mahal
निस्दीका विद्यालयहरूमा भाइरल ज्वरो सम्बन्धी स्वास्थ्य शिबिर
70951429_551852012221842_6451180821511405568_n

पाल्पा - गाउँ टोल र विद्यालयमा भाइरल ज्वरोको बिरामी बढ्न थालेपछि निस्दी गाउँपालिका -६, अर्चलेको विभिन्न विद्यालयहरुमा स्वास्थ सम्बन्धि जनचेतना कार्यक्रम तथा स्वास्थ शिबिर सन्चालन गर्ने कार्यक्रमले तिब्रता पाएको छ ।

भाइरल ज्वरोका कारण बिरामी दिन प्रति दिन बढ्न थालेपछि यस्तो कार्यक्रम सन्चालन गर्नुपरेको वडाध्यक्ष मेख बहादुर सुनारीले जानकारी गराउनु भएको छ । यसैबीच यस रोगबारे जानकारी दिने उद्देश्यले सिन्दुर आधारभूत विद्यालय निस्दी-६,पाराकुलामा स्वास्थ्य शिक्षा बारे विद्यार्थी र अभिभावकहरुका लागि सचेतना कार्यक्रम सन्चालन गरिएको छ।

कार्यक्रम भाइरल ज्वरो लाग्नुका कारणहरु र बच्ने तरीका बारे अर्चले स्वास्थ चौकी प्रमुख देवती राना र अहेव सिकेन्द्र महतोले जानकारी दिनुभएको थियो। स्वास्थ्य शिविरमा सो विद्यालयका ४२ जना विद्यार्थी र २३ जना अभिभावकहरुले स्वास्थ्य परिक्षण गरेका थिए।

शिविरमा ५४ जनालाई भाइरल ज्वरो र अन्य ११ जनालाई सामान्य रोग लागेको स्वास्थ चौकी प्रमुख रानाले बताउनु भएको छ । गोरखनाथ माध्यमिक विद्यालयमा स्वास्थ्य शिबिर सन्चालन भएको उक्त विद्यालय ३ दिनका लागि बन्द समेत गरेको छ । जम्मा १६२ जना विद्यार्थी अध्ययरत सिन्दुर आधारभूत विद्यालय भने नियमित सन्चालन गर्ने विद्यालयले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update