Erani Mahal
अनेरास्ववियूद्वारा  पाल्पा ई.कलेजमा  शुभकामना आदानप्रदान
69545270_721027408338955_3580320519318142976_n

नेविसंघका कक्षा अध्यक्ष सहितका विद्याथीहरु अनेरास्वियूमा प्रवेश

बिकाश काफ्ले पाल्पा- विजय दशमी तथा शुभदिपावलीको अवसर पारेर नेकपा निकटको विद्यार्थी संगठनले पाल्पा इन्जिनियरिङ्ग कलेजमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । वडा दशै शुभ दिपावली तथा छठ पर्वको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियू) पाल्पा ईन्जिनियरिङ्ग कलेज सम्पर्क समितिले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन गरेको हाे ।

बुधबार पाल्पा ईन्जिनियरिङ्ग कलेजमा भएको कार्यक्रम अनेरास्ववियू ईन्जिनियरिङ्ग कलेज सम्पर्क समितिकको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल बिद्यार्थी संघ पाल्पा ईन्जिनियरिङ्ग कलेजको दोस्रो बर्षका कक्षा कमिटीका अध्यक्ष हिमानी गौतम शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा अनेरास्ववियूमा प्रबेश गर्नुभएकाे छ ।

गौतमलाई कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियू क्रान्तिकारीका पाल्पा जिल्ला अध्यक्ष तथा अनेरास्ववियूका बिद्यार्थी नेता पदम सोमैले टीका र खादा लगादिई अनेरास्ववियूमा प्रवेश गराउनु भएकाे छ । कार्यक्रममा विद्याथीहरु सुजाता न्यौपाने, चन्द्र वुढा मगर, सागर सिल्वाल, हरी राजचन्द बोहरा आकाश आले हिमानी गौतम लगाएतले वडा दशै शुभ दिपावली तथा छठको शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियू क्रन्तिकारी जिल्ला अध्यक्ष तथा अनेरास्ववियूका बिद्यार्थी नेता पदम सोमैले अनेरास्ववियू सडक बाघ संगठन भएको बताउँदै आफ्ना सांगठनिक गतिविधि शैक्षिक बिकृति र बिसङ्गतिका बिरूद्द निरन्तर लागिपर्ने बताउनुभयाे । प्रमुख अतिथि सोमैले शुभकामना आदानप्रदान कार्यक्रम मात्र नभएर शैक्षिक अन्तरक्रिया प्ररम्पराको थालनी भएको बताउनुभयाे ।

नेता सोमैले विद्यार्थीहरू परिवर्तन बहाक भएकोले परिवर्तन अग्रगामी बिद्यार्थी अनेरास्ववियूमा गोल बन्द आग्रह गर्नुभयाे । शुभकामना आदानप्रदान कार्यक्रमा ज्ञानेन्द्र कुँवरको स्वागतबाट भएको कार्यक्रमको अध्यक्षता नवराज पाेखरेलले गर्नुभएकाे थियाे भने कार्यक्रमको सञ्चालन दिपेन्द्र बुढा मगरले गर्नुभएकाे थियाे ।

कार्यक्रममा अनेरास्ववियूका नेता निशान्त रिंजाली, सुरेस राना, मुकुन्द बन्झाडे, अासिश घिमिरे गोबिन्द्र दर्लामी, क्याम्पसका अध्यक्ष गंगा पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update