Erani Mahal
विषालु जंगली च्याउ खाएर दुई परिवारका पाँच जना गम्भीर बिरामी
mushroom

पाल्पा - जंगलबाट खोजेर ल्याएको बिशालु च्याउ खादा पाल्पाको रामपुरमा ५ जना बिरामी भएका छन् । मंगलबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएका एकै ठाउँका २ घर परिवारका ५ जना बिरामी भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

बिरामी हुनेमा रामपुर नगरपालिका वडा नं.- ४ खोप्टारका ३९ बर्षका तुल बहादुर मल्ल, उनकी श्रीमती ३४ बर्षकी केसरी मल्ल, ५३ बर्षका ठग बहादुर खाँण, ११ बर्षका शंकर खाण, १४ बर्षक अनुप थापा रहेका छन् । बिरामी मध्य तुल बहादुर,ठग बहादुर र अनुप थापाको अबस्था मध्यम छ भने केसरी मल्ल र शंकर खाणको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बिहान १० बजेतिर खाना खाएका उनीहरुलाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछी रामपुर अस्पतालमा सामान्य उपचार गरिएकोमा मंगलवार अपरान्ह नै लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको रामपुर अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update