Erani Mahal
कांग्रेसको दोस्रो चरणको जागरण अभियान, पाल्पा सहित देशभर प्रदर्शन
71332737_1409867675858590_1493598860281380864_n

पाल्पा– नेपाली काँग्रेसको दोश्रो चरणको जागरण अभियानको अन्तिम दिन पाल्पा सहित देशभर सरकारविरुद्ध विरोध प्रदर्शन सहित सभा गरेको छ ।


सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको र संगठन सुदृढ र विस्तार गर्ने भन्दै काँग्रेसले देशभर जागण अभियान चलाएको थियो । वर्तमान सरकार काण्डै काण्डमा फसिरहेको भन्दै त्यसको विरोधमा अभियान चलाएको पाल्पा जिल्ला सभापति वीरबहादुर रानाले बताउनुभयो ।


यस्तै पूर्व सांसद हरी प्रसाद नेपाल, काँग्रेस नेतृ लालकुमारी राना लगायतले देशमा नयाँ संविधानमार्फत व्यवस्था फेरिए पनि कम्युनिष्टको कारण पूर्वराजादेखि वर्तमान व्यवस्थाविरोधीहरु सल्बलाउन थालेको बताउनुभयो । संविधान विपरित ऐन कानून निर्माणमा सरकारले जबरजस्ती गरे कांग्रेसले सशक्त प्रतिकार गर्ने सभामा बोल्ने बाक्ताहरुले बताए ।


पार्टी कार्यालयबाट निस्किएको विरोर्ध याली बजारका विभिन्न भाग परिक्रमा गरी हुलाकचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।


कांग्रेसले गत भदौ २५ गतेदेखि दोस्रो चरणको जागरण अभियान सुरु गरेको थियो । अभियानको अन्तिम दिन मंगलबार कांग्रेसले ७७ जिल्ला सदरमुकाममा जिल्ला सभापतिको नेतृत्वमा विरोर्ध यालीसहित सभाको आयोजना गरेको हो ।


सभा जिल्ला सभापति वीरबहादुर रानाको सभापतित्व र सचिव अजयमान कर्माचार्यको संचालनमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update