Erani Mahal
भाइरल ज्वरोका कारण पाल्पामा विद्यालय बन्द
71202110_2363770987204716_3941276060569567232_n

पाल्पा - विद्यार्थीहरुमा अत्यधिक ज्वरो आइ बिरामी भइ विद्यालय अनुपस्थित हुन थालेपछि गोरखनाथ माध्यमिक विद्यालय निस्दी-६,अर्चले,पाल्पाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर सोमैको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको प्रधानाध्यापक इश्वरी प्रसाद अर्यालले इरानीमहललाइ बताउनुभएको छ। विद्यार्थीहरु दैनिक जासो ५० देखि ६० जनाको बीचमा विद्यालय अनुपस्थित हुन थालेपछि उक्त निर्णय गर्नुपरेको विव्यस अध्यक्ष कृष्ण सोमैले बताउनुभएको छ।

८/९ जना शिक्षकहरु समेत भाइरल ज्वराेबाट प्रभावित हुन थालेको प्रधानाध्यापक अर्यालले जानकारी दिनुभयाे । यसैगरी बीच आजै गोरखनाथ माध्यमिक विद्यालयमा यसै सम्बन्धि स्वास्थ्य शिबिर समेत संचालन गरेको गरेको छ।

मंगलबार सन्चालन भएको शिबिरमा ५३ जना गोरखनाथ माविका र १३ जना सिन्दुर आधारभूत विद्यालयका विद्यार्थीहरुले चेक जाँच र औषधि लिएको अर्चले स्वास्थ्य चौकीका अहेव सिकेन्द्र महतोले बताउनुभएको छ।

अचानक ज्वरो आउने,५-७ दिन सम्म लगातार ज्वरो आउने, हात जोर्नी, मांसपेशी दुख्ने र खोकी लाग्ने यसको लक्षण रहेको अहेव महतोले बताइउनुभएको छ। साथै उक्त लक्षण देखा परेमा तत्काल स्वास्थ परिक्षण गर्न, उमालेको पानी पिउन र लामखुट्टे बाट बच्न समेत स्वास्थ्य चौकीले अनुरोध गरेको छ।

बुधबार सिन्दुर आधारभूत विद्यालय निस्दी-६,पाराकुलामा स्वास्थ्य शिबिर र जनचेतना कार्यक्रम सन्चालन गर्ने कार्यक्रम रहेको वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनुभएको छ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update