Erani Mahal
समुदाय-प्रहरी साझेदारी : विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
71773929_811964319220630_7913803033329270784_n

पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययन्रत बालबालिकालाई विद्यालयसम्म जानका लागि प्रोत्साहन गर्ने उद्देश्य सहित पाठ्य पुस्तक र अन्य शैक्षिक सामग्री प्रदान गरिएको हो ।

जिल्लाको माथागढी गाउँपालिका–१, चिदीपानी भुटुकेस्थित भुपती प्राविका २१ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । बगनासकाली चिुर्तङ्धाराका दुर्गाराज सारु, रामबहादुर राना, रोलबहादुर गाहा, टोपबहादुर गाहा, दलबहादुर गाहा र खुमबहादुर गाहाले संयुक्त रुपमा दिनुभएको शैक्षिक सामग्री विद्यार्थीहरुलाई प्रदान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयले समुदाय साझेदारी प्रहरी कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री बैंक स्थापना गरेर विभिन्न कार्यक्रम गरिरहेको छ । शैक्षिक सामग्री जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र जिसी र सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश उप्रेतीले संयुक्त रुपमा प्रदान गर्नुभएको हो ।

कार्यक्रममा माथागढी वडा नं. १ का अध्यक्ष शिवप्रसाद घिमिरे र समाजसेवी भुगोलप्रसाद बैंजुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०७६  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update