Erani Mahal
रिडी धाममा संचालनमा रहेकाे महायज्ञमा भक्तजनकाे घुँइचाे
70154691_528895464530634_4856635051359600640_n

चुरामणी तिमिल्सिना, पाल्पा – रुरु धाम रिडीमा सन्चालन भैरहेको बृहत ज्ञान महायज्ञ भब्य रुपमा चलिरहेको छ । गत भदाैँ २८ गतेदेखि सुरू भएकाे महायज्ञकाे १० औ दिनको कार्यक्रम पनि भब्य रुपमा चलेकाे थियाे ।

१० औं दिनको प्रमुख अतिथि जिल्ला समन्वय समिति स्याङ्जाकी प्रमुख सिता सुन्दास रहनुभएकाे थियाे । सो अवसरमा बोल्दै उहाँले यसप्रकारको महायज्ञले यस क्षेत्रको प्रचार प्रसारमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयाे । उहाँले रिडी क्षेत्रकाे प्रचार गर्न सके धार्मिक पर्यटन प्रबर्धनमा सहयाेग पुग्ने विस्वास गर्नुभयाे ।

कार्यक्रममा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष साबित्रा कोइराला, तानसेन नगरपालिका वडा नं. १४ का वडाध्यक्ष कमल राना, रुरु १ का वडा अध्यक्ष रामलाल बिक, रिब्दीकोट गाउँपालिका १ का वडा अध्यक्ष बिष्णु प्रसाद गैरे, कालीगण्डकी करिडोरका प्रमुख रेश्मीराज भट्टराई लगायतकाे सहभागिता रहेकाे थियाे । महायज्ञमा विभिन्न क्षेत्रमा दाता तथा दानवीरहरूले दान गर्ने कार्य चलिरहेकाे छ ।

महायज्ञमा प्रमुख बाचक बालयोगेश्वर महाराजले संगीतमय कथा प्रवचन गरिरहनुभएकाे छ । कार्यक्रमको अध्यक्षता कार्यक्रम निर्देशक पर्सुराम भट्टराईले गर्नुभएकाे थियाे भने सञ्चालन पत्रकार खेमराज रेग्मीले गरेका गर्नुभएकाे थियाे । महायज्ञ असोज १७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०७६  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update