Erani Mahal
'पाल्पा च्याम्पियन्स क्रिकेट ट्रफी-२०७६' कात्तिक २ देखि हुने

पाल्पा - पाल्पा च्याम्पियन्स ट्रफी-२०७६ को कार्यतालिका सार्वजनिक भएको छ । जिल्लाकाे दमकडा खेल मैदानमा हुन लागेकाे ट्रफीकाे कार्यतालिका सार्वजनिक गरिएकाे हाे । ११ वर्ष अघिदेखि दमकडा क्रिकेट क्लबले निरन्तर आयोजना गरिरहेको पाल्पा च्याम्पियन्स ट्रफी २०७६ को कार्यतालिका सार्वजनिक भएको हो ।

२ समुहको लिग चरणमा खेलाईने प्रतियोगिताको ११ औं संस्करण आगामी कात्तिक २ देखि ९ गते सम्म हुने आयाेजकले जनाएकाे छ । कार्यतालिका सार्वजनिक भएपछि दमकडा क्रिकेट क्लब र पाल्पाली क्रिकेट प्लेयर्सले प्रतियोगितामा सहभागी हुन टीम दर्ता गरिसकेका छन् ।

फाइल तस्विर ।

कुल ८ टिम सहभागी हुन पाउने प्रतियोगीतामा अव ६ टिमको स्थान खाली रहेको छ । आवश्यकता भन्दा धेरै टिम दर्ता भएमा सेलेक्सन खेल खेलाएर प्रतियोगितामा सहभागी बनाईने क्लबका बोर्ड मेम्बर अच्यूत पाण्डेयले बताउनुभयो ।


प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार रूपियाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक म्यान अफ दी म्याचले २ हजार रुपैंया प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी सबै खेलाडि र दर्शकको समेत उपचार सुरक्षा विमा गरिने आयोजकले जनाएको छ ।

सहभागी टिमहरुलाई प्रत्येक खेलमा खाजाको व्यवस्था गरेको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट व्याट्सम्यान, बलर, किपर र क्याच घोषित गरि पुरस्कृत गरिने क्लबका बोर्ड मेम्बर सुमन भुषालले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुन १४ खेलाडी र २ अफिसियल, नागरिकता या जन्मदर्ता अनिवार्य, दर्ता शुल्क १५ हजार रुपैंया, अन्तिम दर्ता असोज १७ गते बेलुका ५ बजे सम्म गर्नुपर्नेछ ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update