Erani Mahal
पाल्पा प्रहरीद्वारा निरन्तर घरेलु मदिरा नष्ट, विकल्प दिनुपर्ने माग
Untitled-1-copy-6

पाल्पा - बिक्रीका लागि विभिन्न स्थानमा लैजाने क्रममा प्रहरीले अबैध घरेलु मदिरा (रक्सी) नियन्त्रणमा लिएकाे छ । दाेभान प्रहरी चाैकीले पाल्पाकाे दाेभान, मस्याम लगायतका स्थानीय बासिन्दाले बिक्रीका लागि बुटवल, दाेभान क्षेत्रमा लैजाने क्रममा घरेलु मदिरा नियन्त्रणमा लिएकाे हाे । दाेभान प्रहरी चाैकीका प्रमुख प्रहरी नायव निरीक्षक बालबहादुर घर्तीकाे नेतृत्वले अबैध रूपमा बिक्रीका लागि ल्याइएकाे मदिरा नियन्त्रणमा लिएकाे हाे ।

दाेभान प्रहरीले १ सय ४५ लिटर घरेलु रक्सी नियन्त्रणमा लिएर नष्ट गरेकाे छ । स्थानीय समाजसेवी, पत्रकार, स्थानीय बासिन्दाकाे राेहबरमा प्रहरीले दाेभानमा घरेलु मदिरा नष्ट गरेकाे हाे । पाल्पाका विभिन्न क्षेत्रमा घरेलु मदिराकाे व्यावसायिक बिक्री वितरण हुँदै आएकाे छ ।

तस्विर स्राेत : जिप्रका, पाल्पा ।

पाल्पाकाे दाेभान प्रहरी चाैकी, राम्दी प्रहरी चाैकी, मिसन प्रहरी चाैकी र जिल्ला प्रहरी कार्यालयले समेत अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गर्दै आएकाे छ । तर सर्वसाधारण नागरिक भने परम्परादेखि नै घरेलु मदिरा बनाउने र बिक्री गर्ने मानिसलाइ आम्दानी गर्ने विकल्प दिनुपर्ने बताउँदै आएका छन् ।

घरेलु मदिरा बिक्री गर्ने पसले र व्यापारीलाइ कारबाही नगर्ने तर सर्वसाधारणलाइ मात्र कारबाही गरेकाे भन्दै केही मानिसहरूले प्रहरीकाे आलाेचना समेत गर्दै आएका छन् । उनीहरूले घरेलु मदिरा बनाउनेलाइ हाेइन, पसलमा अबैध रूपमा घरेलु रक्सी बिक्री गर्नेलाइ कारबाही गर्नुपर्ने बताउँदै आएका छन् ।

यसका साथै परम्परादेखि नै घरेलु मदिरा बिक्री गरेर घरखर्च चलाउनेलाइ आम्दानी गर्ने विकल्प स्थानीय सरकारले दिनुपर्ने आवाज उठेकाे छ । तर यसकाे विषयमा सम्बन्धित निकायकाे ध्यान भने जान सकेकाे छैन ।

स्थानीय सरकारले विभिन्न राेजगारमुलक कार्यक्रम गरेकाे, कृषि, पशुपालनमा लाखाैँ रकम अनुदान दिएकाे प्रचार गरिरहेकाे छ । तर आर्थिक अवस्थाले घरेलु मदिरा बनाउनुपर्ने बाध्यता भएका समुदायलाइ अनुदान वितरण गर्ने कार्यक्रमले छुन सकेकाे छैन । प्रहरीले समेत स्थानीय सरकारलाइ यसतर्फ ध्यानाकर्षण गराउन सकेकाे छैन ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update