Erani Mahal
जिउँदाे खसी-बाेकाकाे मुल्य बढाएपछि  किसान खुसी
jjjj

पाल्पा – पूर्वखोला गाउँपालिकामा रहेको खसीबोका कारोबार गर्ने सहकारी संस्थाले खसीबोकाको बजार मुल्य बढाएपछि यहाँका किसान खुसी भएका छन् । पूर्वखोला गाउँपालिका–१, सिलुवामा रहेको सामाजिक उद्यमी महिला बहुउद्देश्यीय सहकारी संस्थाले जिउँदो खसीबोकाको मुल्य बढाएपछि बाख्रापालन गर्दै आएका किसान खुसी भएका हुन् ।


समाजिक उद्यमी महिला सहकारी संस्था यस क्षेत्रमा किसानले पाल्दै आएका खसीबोका बजारीकरण गर्दै आएको छ । सिलुवा, खालीवन, अर्चले लगायतका क्षेत्रमा किसानले पाल्दै आएका खसीबोका सहकारीमार्फत बिक्री हुँदै आएको छ ।


पछिल्लो समयमा यो सहकारीबाट खसीबोकाको बिक्री बढेपछि किसानलाई उत्साहित गराउन जिउँदो खसीबोकाको मुल्य बृद्धि गरेको सहकारीले जनाएको छ । सहकारीले अहिले प्रतिकेजीमा २० रुपियाँका दरले खसी र बोकाको मासुको मुल्य बढाएको छ । दशैंको मुखमा मुल्य बढाएपछि किसान भने खुसी भएका छन् ।


यसअघि ४ सय रुपियाँ प्रतिकेजी खसीबोकाको मुल्य बढेर ४ सय २० रुपियाँ पुगेको सहकारीका व्यवस्थापन अमृत मगरले जानकारी दिनुभयो । किसानलाई उत्साहित बनाउन खुसीबोकाको मासुमा मुल्य बृद्धि गरेको सहकारीका उपाध्यक्ष सरस्वती विकले बताउनुभयो ।


सहकारीाबाट अहिले पनि पाँच सय खसीबोका जिल्लाका विभिन्न स्थान र स्याङ्जा र कास्की जिल्लामा समेत बिक्रीवितरण हुँदै आएको छ । खुसीबोका किन्नका लागि बुटवल, स्याङ्जा, तानसेन, पोखरा लगायतका क्षेत्रबाट व्यापारीहरू आउने गरेका छन् ।
सहकारीले खसीबोकाको व्यावसायिक पालनका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउँदै आएको छ । यस्तै औषधि व्यवस्थापन, खोर व्यवस्थापन र व्यावसायिक बाख्रा पालनका लागि तालिमको समेत व्यवस्था गर्दै आएको व्यवस्थापक अमृत मगरले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update