Erani Mahal
अरिङ्गालले टाेक्दा बालककाे ज्यान गयाे
aringal

गुल्मी - बाँदरले जिस्क्याएको अरिङ्गालले टोक्दा गुल्मीका एक बालकको ज्यान गएको छ । अाईतबार बिहान बिद्यालय जाने क्रममा अरिङ्गालले टोक्दा रुरु गाँउपालिका १ गुल्मीका १२ बर्षिय पवन अधिकारीको ज्यान गएको हो ।

अरिङ्गालले टोकेर गम्भीर घाईते भएका अधिकारीलाई उपचारको लागि पाल्पा स्थित युनाईटेड मिशन अस्पताल पुर्याए पनि उनको बाटौमै ज्यान गएको छिमेकी मधुसुदन ज्ञवालीले जानकारी दिनुभयो ।

मृतक पवनको बुवा दुबईमा रहेकाले बुवा नआउन्जेल सम्मको लागी अस्पतालमै शब राखिने आफन्तले जनाएका छन् । आमा र छिमेकी एक बालिका संगै बिद्यालय जादै गरेका पवनलाई ६० बढी अरिङ्गालले टोकेको र उनका आमा र ति बालिकालाई पनि १०/१५ वटाले टोकेको छिमेकीले जनाएका छन् । स्थानीय बासिन्दाले बाँदरले जिस्क्याएर रिसाएको अरिङ्गालले उनीहरुलाई टोकेको बताएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update