X
25
Shares

जीप दुर्घटना अपडेट : गम्भीर घाइते भएका रेश्मीमगरकाे मृत्यु

रानीमहल संवाददाता || ४ आश्विन २०७६,शनिबार १७:१७

पाल्पा – जिल्लाको रैनादेवी छहरा गाउँपालिका–६, जुठापौवा आरुखोरमा शनिबार बिहान पिकअप जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका पुरूषकाे मृत्यु भएकाे छ ।

गा २ च २७१७ नम्बरको जीप सडकबाट अनियन्त्रित भई बाटोदेखि ५० मिटर तल खस्दा जीपमा सवार तीन जना मध्ये गम्भीर घाइते रैनादेवी छहरा-८, का ५० वर्षिय झैबहादुर रेश्मीमगरकाे मृत्यु भएकाे हाे ।

गम्भीर घाइते भएका रेश्मीकाे लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । जीप जुठापौवाबाट सत्यवतीतर्फ जाँदै गर्दा कच्ची सडकमा दुर्घटना भएको हो । अन्य दुई जनाको अवस्था सामान्य रहेको बल्ढेङ्गढी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नगेन्द्रबहादुर मल्लले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys