Erani Mahal
पाल्पामा पिकअप जीप दुर्घटना हुँदा एक जना गम्भीर घाइते
jeepaccidenttt

पाल्पा – जिल्लाको रैनादेवी छहरा गाउँपालिका–६, जुठापौवा आरुखोरमा शनिबार बिहान पिकअप जीप दुर्घटना भएको छ । ग २ च २७१७ नम्बरको जीप सडकबाट अनियन्त्रित भई बाटोदेखि ५० मिटर तल खस्दा जीपमा सवार तीन जना मध्ये एक जना गम्भीर घाइते हुनुभएको छ ।

गम्भीर घाइते हुनेमा रैनादेवी छहरा–८, सत्यवतीका ५० वर्षिय झैबहादुर रेश्मी रहनुभएको छ । उहाँको अवस्था गम्भीर रहेको छ । उहाँको उपचार तानसेन प्रभासस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा भईरहेको छ ।

गुगल प्रतिनिधि तस्विर ।

जीप जुठापौवाबाट सत्यवतीतर्फ जाँदै गर्दा कच्ची सडकमा दुर्घटना भएको हो । अन्य दुई जनाको अवस्था सामान्य रहेको बल्ढेङ्गढी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नगेन्द्रबहादुर मल्लले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update