Erani Mahal
तानसेनमा पुस्तकालय व्यवस्थापन सम्बन्धी दुइ दिने तालिम
70547272_2711187265774708_6589115087791849472_n

पाल्पा- तेस्रो वर्षको पुस्तकालय व्यवस्थापन सम्बन्धि २ दिने शिक्षक तालिम तानसेनमा भएकाे छ । बेस नेपालको आयोजना र रुम टु रिड को आर्थिक सहयोगमा तालिम सन्चालन भएको हो।

तालिमको उद्घाटन शत्रका प्रमुख अतिथि बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डे रहनु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले पुस्तकालयमा पुस्तक सजाउनलाई होइन प्रयोगका लागि हो भन्दै पुस्तकालयले विद्यार्थीको सिकाइ उपलब्धि गर्न सहयोग पुगेको बताउनुभयो ।

पुस्तकालय व्यवस्थापनमा भएका चुनौती,सफलता र दिगोपनाको समीक्षा र कार्ययोजना बनाउने उद्देश्य रहेको बताउदै आवश्यक सहयोग गर्न सहायक अधिकृत तपेन्द्र ओलीले अग्राह गर्नुभएको थियो।तालिममा पाल्पाक विभिन्न विद्यालयका २२ जना पुस्तकालय व्यवस्थापकहरुको सहभागिता रहेको छ भने रुम टु रिडका कार्यकारी अधिकृत ओम कुमार श्रेष्ठ र बेस नेपालका संयोजक प्रकाश पाण्डेले सहजीकरण गर्नुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update