Erani Mahal
पूर्वखाेला गाउँपालिकाले भव्यताका साथ संविधान दिवस मनायो
69716833_779132025840512_5659388349064937472_n

पाल्पा- पूर्वखोला गाउँपालिका पूर्वखोला पाल्पाले संविधान तथा रार्ष्टिय दिवस समारोह कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा पाल्पा जिल्ला समन्वय समितिका सदस्य ईश्वरी प्रसाद न्यौपानेले नेपालको संविधान मुलुक सन्चालनको दस्तावेज भएकोले हामी सार्वभौम सम्पन्न नेपालि जनाताले नेपालको संविधानको बारेमा बुझ्नु पर्ने बताउनु भयो। हामिले संविधानमा उल्लेख भएका लोकतान्त्रिक मुल्य मान्यतामा आधारित समाज र रास्ट्र प्रती प्रतिबद्ध भैइ मौलिक हक अधिकार र कर्तव्यलाई नबिर्सन अनुरोध गर्नुभयो।कार्यक्रममा "नेपालको संविधान विषयमा " माध्द्यामिक तह स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न गरेको थियो।

गाउँ पालिका भरिका ७ वटा माद्यामिक विद्यालय मध्य ६ विद्यालयले भाग लिएको प्रतियोगितामा जनमार्ग मा.वि.सिलुवा कि सम्झना वि.क. पहिलो , उद्द बुद्ध मा.वि.रिङ्नेरहका रविन न्यौपाने दोस्रो र मातृभुमी मा. वि . देविनगर बाट करुणा सिंजाली तेस्रो भएका छन।प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो हुनेलाई नगद ४ हजार तीन हजार पाँच सय र तीन हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा पुर्वखोला गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराई , वडा नं-१ का वडा अध्यक्ष भोग बहादुर थापा , वडा नं-४ का वडा अध्यक्ष रिम प्रसाद श्रेष्ठ , न्यौपाने प्रदेश नं-५ का कृषि विशेषज्ञ कमान सिं थापा, शिक्षा विद निलकन्ठ न्यौपाने ,गाउँपालिका प्रशासकीय अधिकृत भेष राज पन्त , सूचना अधिकारी मोहन ढकाल , उद्द बुद्ध कलेजका कलेज प्रमुख सुशील न्यौपाने , जनमार्ग मा.वि का प्र.अ.श्याम बहादुर दिशा उद्द बुद्ध कलेज स्ववियु अध्यक्ष नवीन आचार्य ,चनिसरा सारु ,बाबुराम कुंवर लगाएतले संविधान दिवसको अवसरमा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा नेपालको संविधान विषय संग सम्बन्धी सहभागीहरुले विभिन्न गीत, गजल तथा कविताहरु प्रस्तुत गरिएको थियो। पुर्वखोला गाउँपालिकाका प्रबक्ता नीर बहादुर सारुको स्वागत ,गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख श्रीराज आचार्यको सन्चालन र पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा कार्यक्रम चलेको हो।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update