Erani Mahal
चाैंथाे संविधान दिवस रामपुर नगरपालिकामा पनि मनाइयो
70696937_1560369054088349_8047532646886014976_n

पाल्पा - पाल्पामा रामपुर नगरपालिकाले संविधान दिवस मनाएको छ । दिवसको अबसरमा रामपुरको मुख्य बजार क्षेत्रमा र्‍याली बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य दल बहादुर रानाले सविधान अनुसार राज्य चल्ने बताउनुभयो । सोही अनुसार संघीयतामा गएको र अझ संघीयतालाई बुझ्न बाँकी रहेको बताउनुभयो ।

सविधानमै खान, लाउन, स्वास्थ्य लगायतका हक मौलिक हकमा उल्लेख गरेकाले अब खान नपाएरै मर्यो भनेर कसैले सरकारलाई मुद्दा हाल्दिए सरकारलाई मुद्दा लाग्नेछ उहाले भन्नुभयो । "सविधानका कुरा बुझाउदै- बुझाउदै जानू पर्छ" पूर्वमन्त्री समेत रहनुभएका रानले भन्नुभयो-" बुझाउदै-बुझाउदै जनताको घर दैलोमा सही सन्देश जान्छ। सविधान सर्वेसर्वा भएपनी
अपरिवर्तनीय नभएको बताउदै राजा फर्काउने, धर्म निरपेक्षता उल्टाउने बिषय नभइ राम्रो मागलाई सधै संसोधन हुने उल्लेख गर्नुभयो ।


सोही अबसरमा गण्डकी प्रदेशका प्रदेश सासद दोबाटे बिश्वकर्माले जनताले बहुमत दिएको सरकारले बुद्धिमताका साथ काम गरेर नागरिकका अधिकार दिन र राज्यबाट पाउनुपर्ने सेवा सहज बनाउदै मेरो लागि सविधान बनेको हो भन्ने महसुस हुने गरि नीति निर्माणमा लाग्नु पर्ने बताउनुभयो ।
नगरपालिकाका सल्लाहकार देवराज ढकालले सबैलाई उच्च बनाउने, सम्मान स्वरुप जिउने अधिकार प्रत्याभुती हुने गरि संविधान कार्यान्वयनको लागि शुभकामना दिनुभयो ।


रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले जनताको घरदैलोको सरकार नगरपालिकाले सविधानको सही कार्यान्वयन तल्लो तहसम्म लगेर आम नागरिकलाई सेवा दिनमा तल्लिन रहेको बताउदै सविधान कार्यान्वयन र जायज मागमा स्थानीय तहले माथिल्लो निकायसम्म पुर्‍याउनुपर्ने कुराहरुमा सदैब साथमा रहेको बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन नगरपालिकाका योजनाविद् कपिल बहादुर खाणले गर्नुभएको हो । कोणसभा अघि भएको र्‍यालीमा रामपुर क्षेत्रका बिभिन्न विद्यालयका बिद्यार्थीहरु व्यानर सहित सहभागी भएका थिए।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update