Erani Mahal
पाल्पामा नेकपाका विद्यार्थीद्वारा शैक्षिक सामग्री वितरण
IMG_0488

पाल्पा– संविधान दिवश तथा राष्ट्रिय दिवशको अवसर पारेर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकटको विद्यार्थी संगठनले तानसेनमा फरक क्षमता भएका (बहिरा) विद्यार्थीहरुलाई सहयोग गरेको छ ।


अनेरास्ववियू साविक क्रान्तिकारीका जिल्ला अध्यक्ष पदम सोमैको अध्यक्षतामा भएको कार्यक्रममा पाल्पा तानसेनको पद्य पव्लिक नमुना माविका ५ जना फरक क्षमता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो ।


विद्यार्थीलाई झोला, कापी, किताव, पेन्सिल, ड्रोइङ्ग पेपर, कलर वक्स लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको अध्यक्ष सोमैले बताउनुभयो । विद्यार्थी हक हितमा काम गर्ने संगठन भएकाले अपाङ्गगता भएका बहिरा (न्युन श्रवण शक्ति भएका) विद्यार्थीको शैक्षिक उन्नयनको लागि केही भए पनि राहत प्रदान गर्न शैक्षिक सामग्री वितरण गरिएको सोमैले रानीमहललाई बताउनुभयो ।


कार्यक्रममा बोल्दै नेता सोमैले अहिले संविधान दिवश मनाइरहँदा संविधान विरोधी तत्वहरुले चलखेल गर्दै गइरहेकोले त्यसको भण्डाफोर गर्दै संविधानको संस्थागत उपलव्धिलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । लोकतन्त्र, गणतन्त्र र संघीयताको संरक्षण गर्नको लागि र संविधान सबैको साझा बनाउनको लागि विद्यार्थीहरुले दबावमुलक कार्यक्रम गरिराख्नुपर्ने बताउनुभयो ।


विद्यालयका शिक्षक शान्तवीर बरालले यस्ता कार्यक्रमले फरक क्षमता भएका विद्यार्थीलाई अध्ययनमा हौसला दिने भन्दै आयोजकलाई धन्यवाद दिनुभयो । कार्यक्रममा विद्यालयका शिक्षक दिनमणी भट्टराई, शान्तविर बराल, जमुना घिमिरे, गणेश विष्ट, विद्यार्थी नेताहरु निशान्त रिंजाली, धनमाया मश्राङ्गी, सुरेश राना लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रमको संचालन अनेरास्ववियू क्रान्तिकारीका जिल्ला सहसचिव सीता रास्कोटीले गर्नुभएको थियो ।


नेकपाको जिल्ला स्तरमा विद्यार्थी संगठनको एकता नभएको भएता पनि दुबै विद्यार्थीहरुको संयुक्त सहभागितामा कार्यक्रम भएको हो । । कार्यक्रममा युवा व्यवसायी यादव गहतराजले समेत शैक्षिक सामग्री सहयोग गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update