Erani Mahal
संविधान दिवसमा पाल्पाका विभिन्न व्यक्तित्व सम्मानित हुने
Untitled-1-copy-4

पाल्पा - संविधान दिवसकै अवसरमा मुख्यमन्त्रीको कार्यालयले विभिन्न क्षेत्रमा योगदान गरेका ३५ जनालाई विभिन्न पदकले विभुषित गर्ने भएको छ । पाल्पाका एक जना समाजसेवीलाइ सम्मान गरिने भएकाे छ । तानसेन नगरपालिका वडा नं. ८ मदनपोखराका घण्टप्रसाद अर्याल समाजसेवा श्री पदक बाट विभुषित हुने हुनुभएको छ ।

संविधान दिवसका अवसरमा प्रदेश सरकारले अर्याललाई समाजमा राजनीतिक चेतना, शिक्षा, सामुदायिक वनकाे जगेर्ना जस्ता क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै सम्मान गर्न लागेको हो ।

मदनपाेखरामा जन्मनुभएका अर्यालले २००७ सालको जनक्रान्त्रिमा कम्युनिष्ट पार्टीकाे कार्यकर्ताका रुपमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्व हुनुहुन्छ । सामन्तकालीन समाजका प्रथाका रुपमा रहेका गाेदाम ताेड, झारा टण्टा वेठ विगारी, अन्धविश्वासका विरुद्धकाे अभियान र न्याय समानता र प्रजातन्त्रका लागि अर्यालले स‌ंघर्ष गर्नुभएकाे हाे ।

यसैबीच संविधान दिवसकै अवसरमा पाल्पाकाे रामपुरमा जन्मनुभएका कलाकार बद्री पंगेनी पनि विभुषित हुनुहुने भएकाे छ । गृह मन्त्रालयले प्रकाशित गरेकाे विभूषित हुने व्यक्तिहरूमा पंगेनी कलाकारिता क्षेत्रबाट विभूषणका लागि चयन हुनुभएकाे हाे । उहाँ दुइ दशकदेखि लाेकगायन क्षेत्रमा क्रियाशिल रहनुभएकाे छ । यस्तै जिल्ला प्रशासन कार्यालय पाल्पाका नायव सुब्बा लक्षमणप्रसाद घिमिरे पनि विभूषित हुनुहुने भएकाे छ । घिमिरे झण्डै तीन दशकदेखि निजामति सेवामा रहनुभएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update