Erani Mahal
संविधान दिवसमा विविध कार्यक्रम, मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त
ddddddd-1

बुटवल - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधान दिवसको अवसरमा प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकलाई अनुरोध गर्नुभएको छ ।

संविधान दिवसको अवसरमा प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री पोखरेलले स्वदेश तथा विदेशमा रहेकासम्पूर्ण नेपालीहरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धती र शैलीका रुपमा स्थापित गर्नसबैको साझा संकल्प हुनुपर्ने बताउनु भएको हो ।

मुख्यमन्त्री पोखरेलले संविधान दिवसलाई सिंगो मुलुकले उत्सवका रुपमा मनाइरहँदा प्रदेश ५ ले पनि विभिन्न कार्यक्रम आयोजना गरी उत्सवका रुपमा मनाउन लागिरहेको र राजनीतिक स्थायित्व र सुशासनको लागि महत्वपूर्ण आधारशीलाको रुपमा रहने विश्वास रहेको बताउनुभएको छ ।

संविधान दिवसकै अवसरमा मुख्यमन्त्रीको कार्यालयले विभिन्न क्षेत्रमा योगदान गरेका ३५ जनालाई विभिन्न पदकले विभुषित गर्ने भएको छ । दिवसका अवसरमा रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँजी लगायतका जिल्लामा विभिन्न रचनात्मक कार्यक्रम भएका छन् । पाल्पाकाे विभिन्न स्थानमा सरसफाइ, दीप प्रज्वलन, अन्तरक्रिया, सभा, प्रभातफेरी भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update