Erani Mahal
मृगाैला बचाउने तीन महत्वपूर्ण उपायहरू
mrigaula

अहिले व्यस्त जीवनशैली र सही खानपान नहुनुको असर प्रत्यक्ष रुपमा हाम्रो स्वास्थ्यमा परिरहेको छ । पछिल्लो समय मुटुसम्बन्धी रोग, मोटोपना र डायबिटिजका साथै मृर्गौला सम्बन्धी समस्या पनि तिव्र रुपमा बढिरहेको छ ।

मृर्गौला स्वस्थ राख्न रेनल डाइट आवश्यक मानिन्छ । रेनल डाइट यस्तो खाना हो, जसमा सोडियम, फस्फोरस र प्रोटिनको मात्रा केही कम हुन्छ । यस डाइटले रगतमा विकार तत्वको मात्रा कम गर्छ, जसले मिर्गौलाको भार घटाउँछ, र मृर्गौला स्वस्थ राख्न मद्दत गर्छ । खानामा यी तीन चिज कटौती गर्दा तपाईंको खाना रेनल डाइट बन्न सक्छ :–



नुन : 
नुनमा प्रचुर मात्रामा सोडियम पाइन्छ । सोडियम शरीरका लागि आवश्यक तत्व हो, तर यसको बढी मात्रा मिर्गौलाका लागि सबैभन्दा ठूलो ख’तरा हो । प्रायः नेपालीको भान्सामा नुनको प्रयोग आवश्यकताभन्दा बढी नै हुन्छ । त्यसैले, मिर्गौलाको सुरक्षाका लागि खानामा नुनको मात्रा घटाउनु आवश्यक छ । यसले मृर्गौलासम्बन्धी अधिकांश रोगको जोखिम घटाउँछ । स्वादका लागि नुनको सट्टा भिनेगार, कागती, टिमुरजस्ता विकल्पको प्रयोग गर्न सकिन्छ ।

प्रोसेस्ड र जंक फुड : प्रशोधित र प्याकेटमा राखिएका खाद्यपदार्थ (प्रोसेस्ड र जंक फुड) मृर्गौलाका लागि हानि’कारक हुन्छन् । यी खाद्यपदार्थको सेवन गर्न छोड्नु मृर्गौलासम्बन्धी स्वास्थ्यका लागि महत्वपूर्ण कदम हो ।

प्रचुर मात्रामा पोटासियम हुने खाद्यवस्तु : शरीरका लागि पोटासियम निकै महत्वपूर्ण तत्व हो । तर, यसको मात्रा आवश्यकताभन्दा माथि हुनु भने राम्रो होइन । जब मृर्गौला सही ढंगले काम गर्दैन, रगतमा पोटासियमको मात्रा बढ्छ । यसबाट मुटुको धड्कनमा असर पर्छ, र हृदयघाँतको सम्भावना बढ्छ ।

त्यसैले, प्रचुर मात्रामा पोटासियम पाइने केरा, सुन्तला, जुनार, आलु, ब्रोकाउली, बन्दा, च्याउ, काजु, बदाम, सखरखण्ड, आँपजस्ता खाद्यवस्तु ज्यादा सेवन मिर्गौलाका लागि जोखिम बन्न सक्छ । -एजेन्सी

प्रकाशित मिति: बिहीबार, असोज २, २०७६  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update