Erani Mahal
अबदेखि पाल्पाका बिरामी उपचारका लागि सिधैं सामुदायिक अस्पताल जान सक्ने
united-hospital-palpa

बिमाका बिरामीलाइ केही सहज

पाल्पा – स्वास्थ्य विमा गरेका बिरामीहरू अबदेखि सिधैँ तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि जान सक्ने भएका छन् । पाल्पाका बिरामीहरूले रिफरमा पाइरहेको सास्तीलाई मध्यनजर गर्दै जिल्लास्थित सरोकारवाला निकायहरूको बैठकले मिसन अस्पतालमा सिधै उपचार गर्न जान सक्ने निर्णय सहित सम्बन्धित निकायमा अनुरोध गरेको छ ।


सामुदायिक र सरकारी स्वास्थ्य संस्थामा विमा गरेका व्यक्ति पहिलो रोजाईको अस्पताल जान सक्ने प्रावधान अनुसार मिसन अस्पतालमा सिधै उपचारमा जान सकिने निर्णय भएको हो । मिसन अस्पताल सामुदायिक अस्पतालको रुपमा रहेको छ ।

यसअघि इरानीमहल अनलाइनले रिफरकाे व्यवस्थाले बिरामीले अत्याधिक सास्ती पाएकाे समाचार प्रकाशन गरेकाे थियाे । त्यसपछि मात्र सराेकारवाला निकायकाे रिफरकाे व्यवस्थालाइ सहज बनाउने पहल भएकाे थियाे ।


यसअघि रिफरका लागि १/२ दिन बिताएर रिफरका लागि तानसेनस्थित सरकारी अस्पतालमा सास्ती बेहोर्नु पर्ने अवस्था थियो । बिरामीको अत्याधिक गुनासो आएपछि समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय पाल्पाले सर्वदलीय बैठकको आह्वान गरेको थियो । यसअघि पाल्पा अस्पतालमा दिनहुँ पाँच सय बिरामी रिफरका लागि धाउने गरेका थिए । अब भने रिफरका लागि धाउने बिरामी घट्ने बताइएको छ । सामुदायिक अस्पतालमा सिधै बिरामीले उपचार गर्ने व्यवस्था जिल्ला समन्वय समितिले गर्न सक्थ्याे तर उक्त निर्णय भने हुन सकेकाे थिएन ।


तानसेनकै अर्को अस्पताल लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार गर्न भने रिफर कार्ड लिनुपर्ने अवस्था छ । लुम्विनी मेडिकल कलेज प्रभास सामुदायिक नभई नीजि अस्पताल भएकाले त्यहाँ उपचार गर्न सिधै जान पाइने प्रावधान छैन । तर लुम्विनी मेडिकल कलेज प्रभासमा समेत सिधै उपचारमा जान पाए बिरामीका लागि सहज हुने बिरामीहरुको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०७६  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update