Erani Mahal
तिनाउमा 'एकीकृत घुम्ती सेवा' निरन्तर संचालन
71009912_530517941087273_5566392033544765440_n

पाल्पा – तिनाउ गाउँपालिकाले जनताको सेवा घरदैलोमा पु¥याउने उद्देश्यका साथ विभिन्न स्थानमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिरहेको छ । गतवर्ष दुर्गम स्थानका नागरिकलाई सेवा दिने गरी स्वास्थ्य शिविर संचालन गरेको गाउँपालिकाले यो वर्ष एकीकृत सेवा सहित घुम्ती शिविर संचालनमा ल्याएको छ ।


दुर्गम गाउँका नागरिकले सानो सेवा लिन पनि वडा र गाउँपालिका धाउन नपरोस् भन्दै तिनाउ गाउँपालिकाले विविध सेवा दिने गरी तिनाउका दुर्गम गाउँमा घुम्ती सेवा सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

यसैबीच बुधबार गाउँपालिकाले तिनाउ वडा नं. ५ को चर्चरेमा घुम्ती शिविर मार्फत विविध सेवा प्रदान गरेको छ । उक्त शिविरमा १ सय ९१ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । यस्तै ४८ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ भने २ सय ४ जनालाई विभिन्न मौसमी तथा बेमौसमी तरकारीको बिउ प्रदान गरिएको छ ।


तिनाउ गाउँपालिकाले १ सय ८० जना नागरिकको स्वास्थ्य परीक्षण गरी निशुल्क औषधि समेत वितरण गरेको छ । यस्तै १ सय ४८ जना सेवाग्रहीलाई निशुल्क पशुपंक्षीको औषधि र परामर्श दिइएको छ भने १ सय ४० जना बिरामीको निशुल्क आँखा जाँच तथा औषधि वितरण गरिएको तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले जानकारी दिनुभयो ।

घरदैलाे कर्यक्रमकाे शुभारम्भ कार्यक्रममा प्रतिनिधि सभाका सदस्य एवं पूर्वमन्त्री दलबहादुर राना, प्रदेश सभाका सदस्य तुलाराम घर्तीमगर (वसन्त), तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगर, उपाध्यक्ष दमयन्ती थापा, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरू, वडा अध्यक्ष दलबहादुर दर्लामीलगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति: बुधबार, असोज १, २०७६  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update