Erani Mahal
विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण
71114395_2591941744198057_4962266851426959360_n

पाल्पा – बैंकर्स एशोसिएसन अफ पाल्पाद्वारा प्राप्त शैक्षिक सामग्री २७ जना विद्यार्थीहरूलाई वितरण गरिएको छ । बैंकहरूबाट प्राप्त शैक्षिक सामग्री जिल्ला प्रहरी कार्यालय पाल्पाले तानसेन–५, मा रहेको जनहित प्राथमिक विद्यालयका २७ जना विद्यार्थीहरूलाई वितरण गरिएको हो ।


विपन्न तथा गरिब समुदायका बालबालिकालाई विद्यालयमा जान प्रोत्साहन गर्ने, उनीहरूलाई घरेलुंिहसा, दुव्र्यसनीबाट बचाउने उद्देश्य सहित शैक्षिक सामग्री वितरण गरिएको हो । शैक्षिक सामग्री प्रदान गर्नुहुँदै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले कुनैपनि बालबालिका विपन्नताको कारणले शिक्षा लिनबाट बञ्चित हुन नहुने धारणा राख्नुभयो । उहाँले भविष्यका कर्णाधार बालबालिकाको संरक्षण गर्नुका साथै सही मार्गमा जानका लागि उनीहरुलाई सही शिक्षाको आवश्यक रहेकोमा जोड दिनुभयो ।


कार्यक्रममा नेपाल बैँक लिमिटेड पाल्पा शाखाका प्रवन्धक सुरज घिमिरे, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटा, विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिका लगायतको उपस्थिति रहेको थियो । विद्यार्थीहरूलाई आवश्यक कापी, डटपेन, कलम, इरेजर, कटरलगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज १, २०७६  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update