Erani Mahal
दाउरा छाेप्ने क्रममा कालीगण्डकीले बगाएर पाल्पामा एक जना बेपत्ता
ee

पाल्पा - जिल्लाकाे बगनासकाली गाउँपालिका-६, दर्पुकका एक जना पुरूषलाई कालीगण्डकीले बगाएकाे छ । दर्पुकका स्थानीय बासिन्दा वर्ष ४०, का गुरू बहादुर बाेटेलाई कालीगण्डकी नदीमा दाउरा छाेप्ने क्रममा बाढी सहित आएकाे नदीले बगाएकाे हाे ।

मंगलबार दिउँशाे तीन बजेकाे समयमा नदीमा बाढीले बगाएर ल्याएका दाउरा छाेप्ने क्रममा बाेटेलाइ बगाएपछि उनी बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिनिधि तस्विर : गुगल ।

राम्दी प्रहरी चाैकी र स्थानीय बासिन्दा मिलेर बाेटेकाे खाेजी कार्य भइरहेकाे तर अहिलेसम्म उनकाे अवस्था पत्ता नलागेकाे राम्दी प्रहरी चाैकीका प्रमुख खडानन्द भुसालले जानकारी दिनुभएकाे छ । मंगलबार र बुधबार पनि बिहानदेखि दिनभर खाेजी कार्य जारी राखेकाे उहाँले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: बुधबार, असोज १, २०७६  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update