Erani Mahal
स्थानीय तहले प्रकाशित गरेकाे सूचनामा गल्ती भेटिएपछि आलाेचना
Untitled-1-copy-3

पाल्पा - पछिल्लाे समय सामाजिक संजालले हरेक व्यक्ति, संघसंस्था, कर्मचारी र सरकारकाे क्षमता कति भनेर हरेक दिन देखाइरहेकाे छ । सामान्य व्यक्तिले प्रयाेग गरेकाे भाषा र शब्दकाे खास ख्याल हुँदैन तर विशिष्ट व्यक्ति वा सरकारले गरेकाे भाषा र ज्ञानकाे सवत्र आलाेचना भइरहेकाे देखिन्छ ।

केही दिनअघि तानसेन नगरपालिकाकाे आधिकारिक फेसबुक पेजबाट स्वराेजगार कार्यक्रम सम्बन्धी सूचना प्रकाशित भयाे । उक्त सूचनाकाे अधिकांश ठीक थियाे । तर सूचनामा युवा उद्यमका लागि प्रस्ताव बुझाउने अन्तिम म्याद भनेर २०७५ असाेज १० लेखिएकाे थियाे । तर उक्त म्याद त सकिसकेकाे थियाे । साेही सूचना प्रशासकीय अधिकृतले भेरिफाइ नगरी हस्ताक्षर गरे, र तानसेन नगरपालिकाकाे सामाजिक संजाल चलाउने सूचना प्रविधि अधिकृतले गल्ती नसच्याइ सूचना प्रकाशित गरे ।

एउटा सूचना वा जानकारी एउटा जिम्मेवार अधिकारीबाट अर्काेमा जाँदा समेत सूचनामा लेखिएकाे विषय वा जानकारी ठीक छ की छैन भनेर नहेरी सामाजिक संजालमा राख्दा आलाेचना भइरहेकाे छ । कतिपय शब्द वा विषयमा जानकारी नभएका कर्मचारीबाट सम्पादन भएका विषयले पनि पाल्पाका स्थानीय सरकारलाइ बिवादमा ल्याइरहेकाे छ ।

यस्तै अर्काे घटना हाे माथागढी गाउँपालिकाकाे । गाउँपालिकाले केही दिनअघि कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशन गर्याे । प्रकाशित उक्त सूचना आफ्नाे आधिकारिक फेसबुक पेजबाट सार्वजनिक पनि गरेकाे छ । तर उक्त सूचनाकाे विज्ञापन नम्बर नमिलेकाे भनेर सार्वजनिक रूपमा आलाेचना भइरहेकाे छ ।

सामाजिक संजालमा राखेका विषय आधिकारिक हाे की हाेइन भनेर पछिल्लाे समय पाठक समेत सचेत भइसकेका छन् । पाठकले यहाँ गल्ती भयाे, यहाँ ठीक छ भनेर पत्ता लगाउने समयमा यही सूचना लेख्न, पढ्न र सम्पादन गर्न भनेर सरकारले नियुक्त गरेकाे व्यक्तिले किन गल्ती दाेहाेर्याइरहेकाे छ ? यस्ता कमीकमजाेरी भइरहदा पनि गाउँपालिका, नगरपालिकाका पदाधिकारी सचेत भइसकेका छैनन् । सूचना, सन्देश, जानकारी ठीक छ की छैन, भनेर भेरिफाइ नगरी हचुवाकाे भरमा सामाजिक संजालमा राख्न हतारिने र आलाेचित बन्ने क्रम जारी नै छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update