Erani Mahal
पूर्वखाेलामा अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण
70747161_670216923388175_6031456993640710144_o

पाल्पा - पूर्वखोला गाउँपालिकाले अपाङगता भएकाहरुका लागि अपाङ परिचयपत्र बितरण गरेको छ । भदाैँ २६ देखि मंगलबारसम्म गाउँपालिकाले शिविर संचालन गरेर अपाङ्गता भएकाहरूका लागि परिचयपत्र वितरण गरेकाे हाे ।

शिबिरमा डा. बिपना कुवँर सहितको टोलीले अपाङ्गकाे पहिचान गरी परिचयपत्र बितरण गरेको हाे । पालिका भरी रातो कार्ड २४ जनाले, निलोकार्ड ८५ र पहेलो कार्ड ४६ जनाले पाएका छन् । यस्तै सेतो कार्ड २८ जनाले प्राप्त गरेको गाउँपालिका सूचना अधिकारी मोहन ढकालले जानकारी दिनुभयाे ।

पूर्वखाेलाकाे वडा न १ सिलुवामा रातो, निलो,पहेलो र सेतो क्रमश ३, १६, ७, १ जनाले पाएका छन् । यस्तै वडा न २ जल्पामा राताे ३, निलाे ७, पहेलाे ४ र सेताे २ जनाले, वडा न ३ रिङ्नेरहमा २ जनाले राताे, १७ जनाले निलाे, ५ जनाले पहेलाे र ७ जनाले सेताे कार्ड पाएका छन् ।

यस्तै वडा न ४ देबिनगरमा ३ जनाले राताे,१६ जनाले निलाे, ७ जनाले पहेलाे र १ जनाले सेताे कार्ड पाएका छन् भने वडा न ५ वीरकोटमा ५ जनाले राताे,२२ जनाले निलाे, १८ जनाले पहेलाे र १३ जनाले सेताे कार्ड पाएका छन् । वडा न ६ हेक्लाङमा ८ जनाले राताे कार्ड, १२जनाले निलाे, १ जनाले पहेलाे र ३ जनाले सेताे कार्गड पाएका छन् ।

गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले रातो निलो कार्ड पाउनेले ३ हजार, निलाे कार्ड पाउनेले १ हजार ६ सय रकम पाउने छन् भने पहेलो कार्ड र सेतो कार्ड पाउनेहरूलाइ सीपमुलक तालिम दिएर स्वराेजगार बनाउने याेजना रहेकाे बताउनुभयाे ।

गाउँपालिकाले कार्ड वितरण गरेका बेला कार्ड लिन छुटेकाले पुन कार्ड पाउने बताउँदै गाउँपालिकाकी उपाध्यक्ष भागिरथी भट्टराइले कार्ड लिनका लागि अनुराेध गर्नुभयाे ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update