Erani Mahal
अबिरल वर्षाले कालीगण्डकीकाे बहाव बढ्याे, महायज्ञ स्थलमा बाढी पस्याे
70382990_248749669418406_9083952454919258112_o-copy

पाल्पा - मंगलबार रातिदेखि परेकाे अबिरल वर्षाले रिडीम ठूलाे बाढी आएकाे छ । बाढी महायज्ञ संचालनका लागि कालीगण्डकी किनारमा बनाएकाे पण्डालसम्म आइपुगेकाे छ । पाल्पा, गुल्मी र स्याङ्जाकाे संगल स्थलमा भदाैँ २८ गतेदेखि विशाल महायज्ञ भइरहेकाे थियाे ।

यस क्षेत्रकाे प्रचारप्रसार गर्ने उद्धेश्यले महायज्ञकाे आयाेजना गरिएकाे थियाे ।

पानी अझै परे त्यस क्षेत्रमा पानीकाे बहाव अझै बढ्ने अनुमान गरिएकाे छ । अहिले अन्य सामग्रीहरू सार्ने काम भइरहेकाे छ । पाल्पामा शनिबार रातिदेखि नै अबिरल वर्षात भएकाे छ । साेमबार दिनभर पानी परेन, फेरी रातिदेखि पानी परेकाे छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update