Erani Mahal
पाल्पामा मंगलबार बिहानैदेखि विद्युत अबराेध हुने
No-light2019-02-10

पाल्पा – पाल्पाका उपभोक्ताले भोलि मंगलबार बिहानैदेखि दिनभर विद्युत् अबरोधको समस्या बेहोर्न बाध्य हनुपर्ने भएकाे छ । विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रले मंगलबार बिहानदेखि साँझ ६ बजेसम्म बिद्युत् अबरोध गर्ने जनाएकाे छ ।


प्राधिकरणका अनुसार पूर्वी फिडरमा मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म र पश्चिम फिडरमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म विद्युत् अबरोध हुनेछ । यसबाट पटकपटक विद्युत् अबरोधको समस्या झेल्दैँ आएका पाल्पाका उपभोक्ता मारमा पर्नेछन् ।


विद्युत् कार्यालय पाल्पाले कण्डक्टर निर्माण गर्न भन्दै विद्युत् लाइन काटिने जनाएको छ । विद्युत्को ३३ केभीको लाइनमा देखिएको समस्याले पीडित बनेका पाल्पाका उपभोक्ता वर्षको अधिकांश शनिबार हाँगाबिगा काट्ने, मर्मतसंभार नाममा अघोसित लोडसेडिङ्को समस्या बेहोर्दै आएका छन् ।

यसबाहेक पानी र हावा पर्ने बित्तिकै पाल्पामा घण्टौँ विद्युत् अबरोध हुने समस्याबाट समेत उपभोक्ता आजित छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update