Erani Mahal
छाेराकाे मृत्यु सहन नसकेर बुवाकाे आत्महत्या !
t-i-

पाल्पा - छोरो कृष्ण तिमिल्सिनालाइ गुमाएको शोकमा रामपुर नगरपालिका वडा नं. १० हेक्लाङ्गका बुवाले आत्महत्या गर्नुभएको छ । गत शनिबार राति हृदयघातका कारण निधन हुनुभएका पाल्पा छाेरा कृष्णप्रसाद तिमिल्सिनाका बुवाले साेमबार बिहान आत्महत्या गर्नुभएको छिमेकीले बताएका छन् ।

घरसँगै रहेको लिचिको रुखमा झुण्डिएर साेमबार विहान तीन बजेतिर उहाँले आत्महत्या गर्नुभएको स्थानीय छिमेकी तुल्सीप्रसाद भण्डारीले जानकारी दिनुभयो । तीन दिनको अन्तरमा बाबु र छोराको निधन भएपछि अहिले गाँउ पुरै शोकमग्न भएको उहाँले बताउनुभयो ।

पाल्पा सदरमुकाम तान्सेनको बारुदखानमा रहेको आफ्नै निवासमा हृदयघातका कारण ४० बर्षिय कृष्णको निधनपछि शोकाकुल ६५ बर्षिय बुवा भीमराज तिमिल्सिनाले आत्महत्या गर्नुभएको पारिवारिक स्राेतले जनाएकाे छ ।

छोरोको निधन भएपछि निराश हुनुभएको छिमेकीहरुले बताएका छन् । छोरा कृष्ण झण्डै ७ बर्षदेखि तानसेनस्थित सूर्याेदय टेलिभिजनको अध्यक्ष हुनुभएकाे थियाे । तर उक्त टेलिभजन अहिले बन्द अवस्थामा छ । छाेरा कृष्णले तान्सनेस्थित मिसन अस्पतालको नसिङ्ग कलेज, मेलेनियम कलेज लगायतमा लामोसमयदेखि गणित विषय प्राध्यापन गर्नुभएकाे थियाे ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update