Erani Mahal
बाल दिवसमा निबन्ध लेखन सम्पन्न
69972620_688246864984138_4760059267145269248_n

पाल्पा - ५५ औ बाल दिवसको अबसरमा रामपुर नगरपालिका महिला बालबालिका तथा शिक्षा शाखाको आयोजनामा विद्यालय स्तरिय निबन्ध लेखन प्रतियोगिता भएको छ । श्रोतकेन्द्र विद्यालय रामतुलसी मा विमा भएको प्रतियोगितामा प्रथम रामतुलसी मा बि की अन्किता रेग्मी, द्दितिय भानुभक्त माबी गेझाकी प्रकृति सेढाई, तृतीय रामतुल्सी मा बिका सन्दिप बयम्बु र सान्त्वना सिता मा वि का कपिल बराल भएका छन् ।

"रामपुर नगरको सरोकार,बालमैत्री स्थानिय सरकार" बिषयक निबन्ध लेखन प्रतियोगिताका अबसरमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बोल्दै बाल अधिकार र सहज दैनिक चर्याका लागि नगरपालिका प्रतिबद्द रहेको बताउनुभयो । नगरपालिकाले बालमैत्री स्थानीय शासन अबलम्बन गरेको बताउदै बालबालिकाको नैसर्गिक अधिकारमा घर,गाउँ समाज र राष्ट्रले अभिभावकको भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले विद्यालय बिचको प्रतिस्पर्धात्मक प्रतियोगिताले विद्यार्थीमा प्रेरणा र निखारता आउने भएकाले लेखन शैलीको विकासका लागि प्रतियोगिता गरेको बताउनुभयो । शिक्षा अधिकृत रमाकान्त अर्यालले नगरका मा.वि तहका विद्यालयलाई खुल्ला रुपमा निबन्ध लेखन प्रतियोगितामा समाबेश गरेको जानकारी दिनुभयो ।

नियमित क्रियाकलाप र बाहिरी ज्ञानले विद्यार्थीको सिकाई बिकासमा महत्त्वपूर्ण भुमिका खेलेको रामतुलसी मा बिका प्रधानध्यापक बालकृष्ण लम्सालले उल्लेख गर्नुभयो । प्रतियोगितामा रामपुर नगरपालिका भित्रका१९विद्यालयका ३३ जना विद्यार्थीले भाग लिएको महिला, बालबालिका शाखाका प्रमुख पुजा परियारले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update