Erani Mahal
भाडामा बस्नेसँग बिजुलीको शुल्क बढी लिने घरबेटीलाई कारवाही गरिने
Kulman_ygzmxfQjWJ

काठमाण्डाै - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भाडावालसँग बिजुलीको बढी शुल्क नलिन चेतावनी दिनुभयो ।

केही घरबेटीले प्राधिकरणले तोकेकोभन्दा धेरै शुल्क लिएको गुनासो आएको भन्दै उहाँले कुनै पनि घरबेटीले भाडामा बस्नेसँग प्राधिकरणले तोकेको शुल्कभन्दा धेरै शुल्क नलिन आग्रह गर्नुभएकाे हाे ।

 

‘घरबेटीले बिजुलीको व्यापार गर्न पाउँदैनन्, प्राधिकरणलाई उनीहरुले जति तिर्छन्, भाडावालसँगबाट पनि उत्ति नै लिनुपर्छ, बढी लिए कारबाही हुन्छ ।’  
प्राधिकरणले तोकेकोभन्दा धेरै बिजुलीको शुल्क घरबेटीलाई नदिन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update