Erani Mahal
उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अर्याल विजयी
aryal_jQuXX1sBWr

स्याङ्जा - गल्याङ उद्योग वाणिज्य संघको अध्यक्षमा यज्ञप्रसाद अर्याल विजयी हुनुभएकाे छ । शनिबार राति भएको मतगणनामा  २ सय २५ मत प्राप्त गरी अर्याल अध्यक्ष पदमा निर्वाचित हुनुभएकाे हाे ।

उहाँकाे निकटतम् प्रतिस्पर्धी ध्रुव श्रेष्ठले २ सय १५ मत गर्नुभएकाे थियाे । अर्यालले १० मत बढी ल्याएर विजयीहुनुभएकाे निर्वाचन समितिले जनाएकाे छ । अर्याल वाम गठबन्धन र श्रेष्ठ लोकतान्त्रिक गठबन्धनबाट प्रतिस्पर्धा गर्नुभएकाे थियाे ।  

वाम गठबन्धनबाट अध्यक्षसहित कोषाध्यक्ष र २ सदस्य र लोकतान्त्रिक समूह वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सह–कोषाध्यक्ष सहित ३ जना सदस्य पद हात परेको छ। वरिष्ठ उपाध्यक्षमा इन्द्र प्रसाद अधिकारी विजयी हुनुभयाे । उहाँले २ सय ३२ मत प्राप्त गर्नुभउाे । अधिकारी लोकतान्त्रिक प्यानलबाट जित्नुभएकाे हाे । प्रतिद्वन्दी हेमा कुमारी तराङ (सामान) ले १ सय ८१ मत प्राप्त गर्नुभएकाे थियाे । उपाध्यक्षमा लोकतान्त्रिक समूहकै बाबुराम पाण्डे, महासचिवमा लोकतान्त्रिक प्यानलका कृष्ण प्रसाद भट्टराइ निर्वाचित हुनुभयाे ।

सचिवमा उमा श्रेष्ठ, कोषाध्यक्षमा बलराम श्रेष्ठ, सह–कोषाध्यक्षमा होमलाल भट्टराई निर्वाचित हुनुभएकाे छ । अन्य सदस्यहरूमा अर्याल समुहका हुमकान्त पाठक, चिन्तामणी अर्याल, गुम प्रसाद थापा (गौतम), नर बहादुर गुरुङ, ऋषि बस्याल निर्वाचित हुनुभयाे ।  कुल ४ सय ७० मत रहेको रहेको संघको निर्वाचनमा ४ सय ४५ मत खसेको थियो।

गल्याङ उद्योग वाणिज्य संघलाई सबै उद्योगी व्यापारीको साझा संस्था बनाउने नवनिर्वाचित अध्यक्ष अर्यालले प्रतिवद्धता गर्नुभएकाे छ । युवालाई बजार सुहाउदो उद्यमी तथा व्यावसायी बनाउने खालका कार्यक्रम संचालन गर्नेछु उहाँले भन्नुभयाे उपभोक्ता र व्यापारीबीचको सम्बन्धलाई सुमधु बनाउने प्रयत्न गर्नेछु।

गल्याङ नगरपालिको संस्कृति र पर्यटन प्रवर्दनका लागि संघले विशेष प्राथमिकता दिने नवनिर्वाचत अध्यक्ष अर्यालको भनाइ छ।  युवा उद्यमी अर्यालले पाल्पाको तानसेनमा होण्डा स्वरुम, गल्याङमा मोटरपार्टस् व्यावसाय गर्दै आउनुभएकाे छ ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update