Erani Mahal
अज्ञात समूहकाे गाेली लागेर एक जनाकाे मृत्यु
goli-lagera-ghaite

बुटवल - अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीमा आइतबार दिउँशाे एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका-३, मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिनिधि तस्विर : गुगल ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले गोली लागेर एक जनाको मृत्यु भएको बताउनुभएकाे छ । दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको उहाँले जानकारी दिनुभयाे ।

गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने व्यक्तिकाे खाेजि भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update