Erani Mahal
हाजिरीजवाफमा गाेरखनाथ मावि प्रथम
70580601_2382580661863087_1975952322169143296_n

पाल्पा - निस्दीको अर्चलेमा विविध कार्यक्रम सहित बाल दिवस सम्पन्न भएकाे छ । निस्दी-६, अर्चलेमा राष्ट्रिय बाल दिवसको अबसरमा विविध प्रतियोगीतात्मक कार्यक्रम सम्पन्न भएको हाे ।

निस्दी वडा नम्बर-६, का वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा चलेको कार्यक्रमको प्रमुख अतिथि अर्चले गाउँ बाल संरक्षण समितिका संयोजक लिलाराम राई रहनु भएको थियाे । कार्यक्रममा बोल्दै राईले बालबालिकाहरुले आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्य भुल्नु हुदैन भन्दै अधिकार सुनिश्चित गर्न राज्यले ध्यान दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा निस्दी गाउँपालिका गाउँ कार्यपालिका सदस्य मिम्श्री बयम्बु, निस्दी स्वास्थ्य संयोजक मीन बहादुर राना, अतिरिक्त हुलाक अर्चलेका प्रमुख तोल बहादुर राई, कमला प्राथमिक विद्यालयका प्रधानाध्यापक हेम बहादुर बयम्बु लगायतकाले आ-आफ्ना धारणा राख्नुभएको हो।

कार्यक्रममा प्राथमिक विद्यालय स्तरीय बाल हाजिरीजवाफ प्रतियोगितामा गोरखनाथ मावि प्रथम अर्चले, सिन्दुर आधारभूत विद्यालय सिसिङ्गा द्वितीय र अकला आधारभूत विद्यालय अधमारा तृतीय भएका थिए।

त्यसैगरी आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा सिन्दुर आविका सुरेन्द्र बिक, गोरखनाथ आविका अन्जना राई र सिन्दुर आविका गोपीसरा सारुले तृतीय स्थान हासिल गरेका थिए । त्यसैगरी मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा अजिता परियार प्रथम,लोकमाया बयम्बु द्वितीय र सुमिता रानाले तृतीय स्थान हासिल गरेका थिए।

पुरस्कृत सहभागी बालबालिकाहरुलाई पुरस्कार वितरण गरिएको थियो।निस्दी गाउँपालिका वडा नम्बर-६,का वडा सदस्य कृष्ण बहादुर सोमैको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सन्चालन कार्यालय सहायक मित्र बहादुर सोमैले गर्नुभएको हो ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update