Erani Mahal
बालदिवसकाे अवसरमा मित्यालमा हाजिरीजवाफ प्रतियाेगिता
70802643_2299977416930056_5018861055665766400_n

पाल्पा - सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको अधिकार भन्ने मुल नाराका साथ आइतबार राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मित्यालमा सम्पन्न भएको छ। निस्दी गाउँपालिकाको आर्थिक सहयोग तथा इन्द्रेणी समाज केन्द्र नेपालको समन्वय र ४ नम्बर वडा कार्यालय मित्यालको आयोजना कार्यक्रम भएको हो।

वडा अध्यक्ष न्यो बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्याल रहनुभएको थियो । बाल दिवसको अवसरमा आयोजित १७ समुहको सहभागिता रहेको हाजिरीजवाफ प्रतियोगितामा गौरीशंकर मावि प्रथम , समाज सुधार बाल क्लब दृतीय र जलदेवी आधारभूत विद्यालय तृतीय भएका छन्।

त्यस्तै बालगीत प्रतियोगितामा १२ वटा समुहले बाल अधिकार शीर्षकमा बालगीत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी बस्याल , नेपाल कम्युनिस्ट पार्टी निस्दी गाउँ संगठन कमिटीका अध्यक्ष हेम बहादुर खाम्चा, गौरीशंकर माविका प्रधानाध्यापक केश बहादुर सुनारी, समाजसेवी सन्तवीर सुनारी, महिला वडा सदस्य हेम कुमारी सुनारी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन वडा सहायक सहवीर खनगाहाले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update