Erani Mahal
बालदिवसमा : कतैँ तामझाम कार्यक्रम, कतैँ दाम्लाेमा बालबालिका !
Untitled-1-copy-1

पाल्पा - सबै बालबालिकाले बाल दिवस मनाइ रहदा पूर्वखोला गाउँपालिका-१, सिलुवा ढाक्रेबासका ९ बर्षे बालक भने दाम्लोमै रमाउँदै छन् । ५५ औं बालदिवसको अबसरमा विभिन्न किसिमका बालअधिकार र कर्तब्यको बारेमा चर्चा भइरहँदा यी ९ वर्से बालक भने दाम्लाेमा बाँधिएर बस्न बाध्य छन् ।

उनकाे उमेरका बालबालिका बालदिवस मनाइरहदा सिलुवा ढाक्रेबासका ९ बर्षे बालकलाइ भने गोठमा दाम्लोले बाँधेर राखिएकाे छ । ९ वर्षकाे छाेरालाइ दाम्लाेमा बाँधेर राख्ने कुनै पनि बावु आमाकाे रहर हाेइन तर दाम्लाेमा नबाधी अभिभावकलाइ सुखै छैन ।

तस्विर कृष्ण भारतीकाे सहयाेगमा ।

धाक्रबासका ९ वर्षका माधब सारु बाेल्न सक्दैनन्, खान र हिड्न पनि उनलाइ अफ्ठेराे छ । हिडेपछि कहाँ जाने भन्ने उनलाइ पत्ताे नै हुँदैन । त्यसैले अभिभावकले उनलाइ बाँधेर राखेकाे बताउँछन् । छोरो हिडेपछी हिडेको हिडै गर्ने र उसलाइ कहाँ जाने नै थाहा हुँदैन । धेरै पटक छोरो हराएर पछि दाम्लोले बाधेर राखेको बुवा डिलबहादुर सारूले बताउनुभयाे ।

खाना खाने बेला पनि समाएर खुवाउनुपर्ने र राति सुत्ने बेला पनि खाटमा बाँधेरै सुताउनु पर्ने अवस्था छ । ९ वर्षका मावध मात्र हाेइन, सारू परिवारमा दाइ नारायण पनि वेवारिसे जस्तै छन् । कानले राम्राेसँग नसुन्ने नारायण पनि दिउँशभरि वेवारिसे हुने गरेकाे अभिभावककाे भनाइ छ । दाइ पनि राति सुत्ने बेलामा मात्र घर फर्कन्छ ।

माधव आफ्नै तालले उफ्रने र कराउने केही गर्ने सक्दैन डिल बहादुर सारु र उनकी धर्म पत्त्नी मिनाकोको भनाइ छ । घरमा २ भाइ छोरा र १ छोरी छन् । ११ बर्षे छोरो र ९ बर्षे छोरो दुबै अपाङ्ग छन् । २ बर्षे छोरी भने आफ्नो तरिकाले बोल्छिन् । यद्यपी छाेरीकाे अवस्था कस्ताे हुन्छ अहिले नै भन्न सकिदैन ।

घरको आर्थिक अवस्था कमजोर भएकाले नै अहिलेसम्म कुनै पनि अस्पतालमा उपचारका लागि लगेकाे छैन डिल बहादुर सारुले भन्नुभयाे । अहिले सम्म कुनै संघसंस्थाले सहयोग पनि नगरेकाे उहाँकाे भनाइ छ ।

घरको स्थिति कम्जोर छ, म साझबिहान दुइछाक खान ज्यालादारीमा काम गर्छु, श्रीमतीले २ छोराहरुको रेखदेख गरेर घरको काम गर्छिन् । उनीहरूले दुबै जनाले अहिलेसम्म अपाङ्गता कार्ड भने लिएका छैनन् । वडा कार्यालयले अपाङ्गता कार्ड दिने तयारी गरेकाे जनाएकाे छ ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update