Erani Mahal
नेकपा अर्घाखाँचीका १२ सय कार्यकर्ता लाई प्रशिक्षण
nekap-oli-prachanda_R5MEA9C4GJ


शोभाखर पन्थी अर्घाखाँची- पार्टी एकताको डेढ बर्ष प्राय सुनसान रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको पार्टी कार्यालयमा चहलपहल बढेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले जिल्लामा एकताको काम सम्पन्न गरे सँगै जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता र शुभेच्छुक हरुको जमघट हुन थालेको हो ।


नेकपाले जिल्ला देखि टोल सम्म आफ्नो संगठानिक संरचना तयार गरेको छ । जिल्ला कमिटी , जिल्ला सल्लाहकार कमिटी ,क्षेत्रीय समन्वय कमिटी , नगर/गाउँ पालिका ,वडा कमिटी नेकपाका सक्रिय कमिटी हुन् । यसैगरी नेकपाले जिल्लाका बिभाग र पार्टीका टोल कमिटी हरु लाई पनि सक्रिय पारेको छ । नयाँ कमिटीका नियमित बैठकहरु बस्ने पार्टी योजना निर्माण गर्ने ,जनता र कार्यकर्ताका गुनासा सुन्ने तथा बिकासको कामको अनुगमन गर्ने लगायतका कामहरु भैरहेको नेकपाका सचिव ठाकुर कुमार बि.क. किशोरको भनाई छ ।

नेकपाले जिल्ला, पालिका , अधिकाम्स वडामा समेत पार्टी कार्यालय स्थापना गरेर जनतालाई सेवा प्रदान गर्दै आएको छ । पार्टी कार्यालय आउनेहरु मध्ये अधिकाम्स पार्टी नेता,कार्यकर्ता ,शुभेच्छुक तथा झिनोमात्रामा सर्वसाधारण हुनेगर्छन् । जिल्ला पार्टी कार्यालयमा दैनिक करिब १सय ५० भन्दा बढीको जमघट हुनेगर्छ । अधिकाम्स गाउँ बाट सदरमुकाममा कामले आएका कार्यकर्ता , समर्थक,जिल्ला स्तरीयनेता हुन्छन् । अन्य पार्टीमा आस्था राख्नेहरु भने बिरलै देख्न पाईन्छ । पार्टी कार्यालयमा आउनेहरुले पार्टी प्रतिको चासो र चिन्ता लिने गर्छन् ।


बिकास निर्माणको काम पार्टीको भावि योजना ,कार्यकर्ताको संरक्षण ,रोजगारीका अबसर, ग्रामीण क्षेत्रमा भएका अनियमितता लगायत स्वयं आफ्नै राजनीतिक भविष्यको बारेमा पनि नेताहरू संग चिन्ता लिने गर्छन् । कार्यकर्ताले माथि देखि तल सम्म कमरेडको भावना हराउँदै गएको प्रती चिन्ता गर्ने गर्छन् ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपाले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । सदरमुकाम सन्धिखर्कमा भदौ ३१ र असौज १ गते संचालन हुने प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा ५ नं. प्रदेश कमिटीका ईन्चार्ज तथा मुख्यमन्त्री शंकर पोख्रेल , स्थायी कमिटीका सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी ,प्रदेश कमिटीका अध्यक्ष तथा पुर्व सभामुख ओनसरी घर्ती , प्रदेश कमिटीका सचिव जग प्रसाद शर्मा अपार, केन्द्रीय सदस्य नजिर मियाँ ,बोम बहादुर बि.क.,शुशिला श्रीपाली , नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वल लगायतका नेताहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको कार्यालय सचिव लिल बहादुर बि.क. ले बताउनु भयो ।


कार्यक्रममा जिल्ला कमिटीका सदस्य , जिल्ला सल्लाहकार ,जिल्ला जेष्ठ कम्युनिस्ट मञ्च , क्षेत्रीय समन्वय कमिटी एवं पालिका कमिटीका पदाधिकारी र सबै सदस्यहरु,वडा कमिटीका अध्यक्ष र सचिव ,जनवर्गीय संगठनका केन्द्रीय सदस्य तथा जिल्लाका पदाधिकारीहरु, पार्टी बाट निर्वाचित सबै जनप्रतिनिधिहरु समेत गरि करीब १ हजार २ सय जनाको सहभागीता रहने नेपाल कम्युनिस्ट पार्टी नेकपा स्कुल बिभाग प्रमुख पिताम्बर भुसालले बताउनु भयो ।


कार्यक्रममा पहिलो दिन पार्टी कार्यकर्ता तथा दोस्रो दिन जनप्रतिनिधि लाई प्रशिक्षण दिईने जनाइएको छ । पहिलो दिनको कार्यक्रम सन्धिखर्क सभाहलमा र दोस्रो दिनको कार्यक्रम नेकपा पार्टी कार्यालयको सभाहलमा संचालन गरिने प्रचार बिभाग प्रमुख तिलक मिश्रको भनाई छ ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update