X

हृदयघातका कारण त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक तिमिल्सिनाको निधन

रानीमहल संवाददाता || २८ भाद्र २०७६,शनिबार १४:२३

पाल्पा – त्रिभुवन वहुमुखी क्याम्पस पाल्पाका गणित विषयका प्राध्यापक कृष्ण प्रसाद तिमिल्सिनाकाे हृदयघातका कारण निधन भएकाे छ ।

पाल्पा सदरमुकाम तानसेनकाे बारुदखानमा रहेको निवासमा हृदयघात भएपछि उहाँलाई तत्कालै लुम्विनी मेडिकल कलेज प्रवास लगिएको थियाे । अस्पतालले उहाँलाइ केहीबेरमै निधन भएको चिकित्सकहरुले घोषणा गरेका थिए ।

तिमिल्सेना प्राध्यापन साथै सुर्योदय टेलिभिजनका स्थापना देखि नै अध्यक्ष हुनुहुन्थ्याे । साथै उहाँले पाल्पामा रहेका अन्य शैक्षिक संस्थाहरु मिसन अस्पतालको नसिङ्ग कलेज, मेलेनियम कलेज लगायतमा लामोसमयदेखि गणित विषयको प्राध्यापन गर्दै आउनु भएकाे थियाे ।

स्थायी घर पाल्पाको रामपुर नगरपालिका वडा नं. १० हेक्लाङ्ग भएका तिमिल्सीना श्रीमतीसँगै तानसेनमा विगत केही वर्षदेखि नै बस्दै अाउनु भएकाे थियाे ।

युवाहरुका लागी अति मिलनसार शैक्षिक तथा संचारमाध्यम संग सम्बन्धित मेहनेती र सकारात्मक सोँच भएका तिमिल्सीना तानसेनमा आशा लाग्दो सामाजिक तथा बौद्धिक युवाका रुपमा रहनुभएकाे थियाे । उहाँ हास्यव्यंग्यका क्षेत्रमा समेत काम गर्नुहुन्थ्याे ।

तिमिल्सेनाकाे निधन पछि पाल्पाका विभिन्न संङ सस्थाले समवेदना समेत दिएका छन । सामाजिक संजाल तथा घरपरिवारलाइ भेटेर समवेदना दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys