Erani Mahal
सिद्धबाबा सडक अपडेटः पहिरो पन्छाएर एकतर्फी सवारी सुचारू
70309766_2348972635222600_7288891588183326720_n

पाल्पा- सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल खण्डको सिद्धबाबानजिकै ढुंगासहितको पहिरो खसेपछि अवरुद्ध भएको सडक एकतर्फी रूपमा सञ्चालनमा आएको  छ । 

तिनाउँ गाउँपालिका–३ दोभानको छर्छरे झर्नानजिकै शनिबार बिहान पहिरो खसेर अवरुद्ध सडक डोजर लागाएर पन्छाएपछि एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  सडकमा रहेका ठूला ढुंगाहरू पन्छाउन बाँकी रहेको हुदाँ दुईतर्फी सवारी चलाउन नसकिएको प्रहरी चौकी दोभानका प्रमुख बालबहादुर घर्तीले जानकारी दिनुभयाे ।

शनिबार बिहान साढे ९ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सिद्धबाबा सडकमा बर्सेनि पहिरोका कारण यात्रुहरूले ज्यान गुमाउँदै आएका छन् । शुक्रबार पनि पहिरोले दुईवटा जिप पुरिँदा एक युवकले घटनास्थलमै ज्यान गएकाे थियाे ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update